• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

फरार अभियुक्त ४० वर्षपछि प्रहरी फन्दामा


 
४ असोज, बेसीशहर । लमजुङ प्रहरीले ४० वर्षदेखि फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । पूर्वी लमजुङको राईनास नगरपालिका (साविक राईनास मोहोरियाकोट–४) का रेपबहादुर थापालाई प्रहरीले भोटेओडारबाट पक्राउ गरेको हो ।
थापालाई २०३४ साल पौष ९ गते स्थानिय भोजबहादुर थापाको हत्या गरेको अभियोगमा जेल सजाया फैसला भएको थियो । अभियुक्तले सोहि समयमा भोजबहादुरको साथबाट रु दुईसय ६० रुपैया लुटेर भिरबाट धकेलीदिएका थिए ।
भिरबाट धकेलिएका भोजबहादुरको ६ महिनापछि मृत्यु भएको हो । सो समयमा रेपबहादुरलाई ज्यानमार्ने उद्योगमा मुद्धा दर्ता भएको थियो । भोजबहादुरको मृत्यु भएलगत्तै कर्तव्य ज्यान मुद्धामा मुद्धा दर्ता भएको थियो ।
थापालाई कर्तव्य ज्यान मुद्धामा २०३७ सालमानै अदालतले १० वर्षको जेल सजाया सुनाएको थियो । तत्कालिन समयमा अभियुक्त थापा सोहि अदालतमा कार्यलय सहयोगी थिए ।
झण्डै चार दशकको अवधीमा भोटेओडारबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउपछि पूर्व फैसला अनुसार अभियुक्तलाई आजै जेल चलान गरिएको प्रहरी नायव उपरिक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो ।
जेल सजाया भुक्तान गर्न बाँकी रहेका पुराना अभियुक्तहरुलाई पछिल्लो समय खोजिकार्य तिव्र पारिएको प्रहरीले जनाएको । जिल्लामा अदालतको फैसला पछि अझैपनि तिनसय भन्दा बढि अभियुक्तहरु कैद भुक्तान गर्न बाँकी रहेको अदालतले जनाएको छ ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल