• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

मनाङमा २ शिक्षा अधिकारी, सरुवापत्र नपठाई विभागबाट अर्को जिशिअ खटाइयो


 
हिमाली जिल्ला मनाङको जिल्ला शिक्षा कार्यलयमा दुईजना शिक्षा अधिकारीले काम गरिरहेका छन् । शिक्षा मन्त्रालयले रमाकान्त शर्माको सरुवापत्र नपठाई विभागबाट टुकराज अधिकारीलाई खटाएपछि दुवै जनाले हाजिर गरिरहेका हुन् ।
गत भदौ ५ गतेको सविचस्तरीय बैठकको निर्णयले सरुवा गरेको भनिए पनि एक महिनासम्म शर्माको हातमा पत्र परेको छैन । विभागबाट खटाइएका अधिकारीले सरुवा भएको ४ सातापछि आइतबारदेखि हाजिर गर्न थालेका छन् । मन्त्रालयले विभागबाटै उनलाई काज खटाएको हो । शर्मालाई भने विभागमा काज सरुवा गरिएको छ । 
सरुवा भएको खबर सुने पनि पत्र प्राप्त नभएकाले आफू अन्योलमा परेको शर्माले बताएका छन् । गत फागुनदेखि मनाङमा कार्यरत शर्माले सरुवा भएर आएका नयाँ शिक्षा अधिकारीलाई टीका र खादा लगाएर शिक्षा कार्यालयमै स्वागत गरेका छन् । मनाङमा उपजिल्ला शिक्षा अधिकारीको दरबन्दी भने खाली रहेको छ ।  
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल