• Today :
    Friday, November 24, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

क्होलासोँथर गाउँपालिका प्रमुखमा एमालेका प्रेम घले विजयी


 
निरज अधिकारी
५ बैशाख, बेसीशहर ।
लमजुङको क्होलासोँथर गाउँपालिका प्रमुखमा एमालेका प्रेम घले विजयी हुनुभएको छ । घले १२४४ मत अन्तरले विजयी बन्नुभएको हो । घलेले ३ हजार १४४ मत प्राप्त गर्नुभएको थियो, भने कांग्रेसका उम्मेदवार रघुनाथ गुरुङले १ हजार ९०० मत प्राप्त गर्नुभएको थियो । 
गाउँपालिकाको उप प्रमुखमा एमालेकै मुनी गुरुङ १५६४ मत अन्तरले विजयी हुनुभएको छ । उहाँले ३ हजार ३११ मत प्राप्त गर्नुभएको थियो भने, उहाँका प्रतिस्पर्धी कांग्रेसका मनकुमारी गुरुङले १ हजार ७४ं७ मत प्राप्त गर्नुभएको थियो । 
क्होलासोँथर गाउँपालिकाको वडा नं. १ मा एमालेका पेमा गुरुङको प्यानल विजयी भएको छ, भने वडा नं. २ मा कांग्रेसका बुद्धि बहादुर गुरुङको प्यानल विजयी भएको छ । वडा नं. ३ मा एमालेका खड्गजंङ गुरुङ, वडा नं. ४ मा पनि एमालेकै खिम बहादुर गुरुङ र वडा नं. ५ मा पनि एमालेकै गीत बहादुर गुरुङ विजयी भएका छन् । 
यस्तै वडा नं. ६ मा एमालेका मन लाल गुरुङ सहित प्यानल नै विजयी भएको छ, भने वडा नं. ७ मा समेत एमालेका डिल कुमारी गुरुङको प्यानल विजयी भएको छ । 
वडा नं. ८ मा कांग्रेसका राजु गुरुङ विजयी भएका छन्, भने वडा नं. ९ मा एमालेका नन्दजंङ गुरुङको प्यानल नै विजयी बनेको छ । यस गाउँपालिकाको ९ वडा मध्ये ७ वडामा एमाले विजयी बनेको छ, भने २ वडामा कांग्रेस विजयी बनेको छ ।
 

 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल