• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

ऐतिहासिक इशानेश्वर महादेव मन्दिर पुननिर्माण गरिदै


 
निरज अधिकारी
७ असोज, करापुटार । काठमान्डौको पशुपतिनाथ पछिको महत्वपूर्ण धार्मिक स्थलको रुपमा परिचित लमजुङको ऐतिहासिक इशानेश्वर महादेव मन्दिरको पुननिर्माण थालिएको छ । भूकम्पबाट जीर्ण बनेपछि नेपाल सरकार पुरातत्व विभागको १ करोड २० लाख रुपैँया बढी सहयोगमा उत्त मन्दिर पुननिर्माण थालिएको इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र शास्त्रीले बताए । ‘मन्दिर निकै पुरानो पनि भयो, भूकम्पले पनि जीर्ण बनाएपछि जोखिम पनि बढ्यो, उनले भने, महत्वपूर्ण धार्मिक स्थल भएकाले पनि पुरातत्व विभागकै सहयोग र पहलमा पुननिर्माणको कार्य अगाडी बढाइएको हो ।’ 
यतिबेला मन्दिरलाई पुरानै ढाँचामा एस.पी.जे.भी भक्तपुरले पुननिर्माण गरिरहेको छ । ऐतिहासिक, पौराणिक पृष्ठभूमि रहेको इशानेश्वर महादेव मन्दिरमा हरेक बर्ष महाशिवरात्रीमा बिशेष मेला लाग्छ । हाल ६ रोपनी क्षेत्रफलमा रहेको यस मन्दिर क्षेत्रलाई थप जग्गा खरिद गरी २० रोपनी पु¥याउने, गौरीकुण्ड नजिकै १०८ धारा निर्माण, मन्दिरमा पुग्ने बाटो विस्तार गर्ने, गौरीकुण्ड निर्माण गर्ने, श्लेषमान्तक वनमा जाने बाटो निर्माण गर्ने, र १०८ शिवलिङ्ग स्थापना गर्ने योजनाका साथ अघि बढिरहेको समितिका अध्यक्ष शास्त्रीले जानकारी दिए । 
भत्तजनसँगै पर्यटकलाई समेत बिशेष आकर्षण गर्ने गरी मन्दिरको विकासलाई अघि बढाइएको छ । विभिन्न किंवदन्ती र जनश्रुतिहरू रहेको ऐतिहासिक स्थल इशानेश्वरलाई धार्मिक र पर्यटकीय थलोको रुपमा विकास गर्न स्थानीय लागि परेका छन् । परापूर्वकालदेखि नै करापुटार फाँटस्थित ईशानेश्वर महादेव मन्दिरमा हजारौं भक्तजनहरु ठाडो बत्ती बाल्न आउने गरेका छन् । तनहूँ, कास्की, गोरखा, चितवन, पर्वत, रुपन्देही लगायतका जिल्लाका हजारौं तीर्थयात्रीहरु हरेक बर्ष शिवरात्रीमा यो मन्दिरमा दर्शन गर्न र बत्ती बाल्न आउने गर्दछन् । 
महाशिबरात्रीको दिन ईशानेश्वर महादेव मन्दिरमा रात भर जाग्राम बसी ठाडो बत्ती बाल्ने हो भने संन्तान नहुनेलाई संन्तान र पुत्र नहुनेलाई पुत्र प्राप्ती हुने परम्परादेखि नै धार्मिक बिश्वास रहँदै आएको छ । अक्षय तृतीया, वाला चतुर्दशी, शिवरात्री जस्ता पर्वहरुमा मेला लाग्ने गर्छ । 
क्याम्पन : पुननिर्माण हुँदै गर्दाको मन्दिरको तस्बिर ।
तस्बिर : निरज अधिकारी 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल