• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

घाम्राङका यूवाहरुको कृषि मोह, विदेशबाट फर्किएर गाउँमै व्यवसायीक तरकारी खेती


७ असोज, घाम्राङ । यहाँको क्होलासोंथर गापा – ८ घाम्राङमाका युवाहरु यति बेला व्यवसायिक तरकारी खेतीमा व्यस्त छन । यहाँका ११ जना युवाहरु मिलेर किसान जागरण कृषक समुह गठन गरिएको छ । घाम्राङका जाँगरिला युवाहरुको यहि समुहले अहिले गाउँमै व्यवसायिक तरकारी खेती सुरु गरेको छ । करिब ३५ रोपनी जग्गामा आधुनिक तरिकाले तरकारी खेती गरिएको छ । यि युवाहरुले मेहेनत गरे अनुसारको मनग्ये आम्दानी गर्न पनि सफल भएका छन । अर्काको देशमा, अर्कैको नोकर बनेर, असाध्यै दुख गर्नुपर्ने तितो अनुभवले आफुहरुलाई व्यवसायिक कृषक बनाएको कृषक समूहका देविजंग गुरुङले बताए । 
धेरै पैसा कमाउने सपना देखेर बिदेशिंदा दुख सिवा केही नपाएको अनुभूति यहाँका युवाहरुसंग ताजै छ । धेरै पैसा कमाइएला अनि सुखसँग बसौँला भन्ने सपना, घाम ताप्न मस्त भएको छेपारोले घर बनाउने उखान जस्तै भयो घाम्राङ्गे युवाहरुका लागि । दुखका अनुभूतिहरुका कारण आफु युवाहरु आधुनिक प्रविधीबाट व्यवसायिक तरकारी खेति गर्नमा लागीपरेको समूहका अर्का यूवा किसान मिन बहादुर गुरुङ बताउँछन् । 
यहाँ अहिले २१ वटा टनेल बनाएर तरकारी खेती गरिएको छ । गत फागुनबाट शुरु गरेको व्यवसायिक तरकारी खेतीले करिब ३ लाख जति आम्दानी गरिसकेको छ । आधुनिक तरकारी खेती गर्न र बढी पैसा कमाउन तरकारी उत्पादन गरि नमुना व्यवसाय बनाउने योजना रहेको किसान जागरण कृषक समुहका अध्यक्ष मख्खनबहादुर गुरुङले बताए । तरकारी खेती बिस्तार हुदै गएकाले आम्दानी पनि बढ्दै जाने क्रममा रहेको उनले जानकारी दिए ।
पैसा कमाउन विदेश जानै पर्छ भन्ने सोंचलाई लमजुङ घाम्राङका यि युवाहरुले मिथ्या साबित गरिदिएका छन । 
तस्बिर : तरकारी टनेलमा काम गर्दै समूहका एक यूवा ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल