• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

राष्ट्रिय राजनितिको नयाँ परिवेशमा हाम्रो एकता अपरिहार्य : पौडेल


 
१९ असोज, भोटेवडार । नेपाली काँग्रेस लमजुङका सभापती भेषबहादुर पौडेलले पार्टीको सुन्दर भविष्य देख्न सवै कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । नेपाली काँग्रेस लमजुङ क्षेत्र नम्वर १ र २ कार्यसमितिले संयुक्त आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै सभापती पौडेलले यस्तो आग्रह गर्नुभएको हो ।
सभापती पौडेलले राष्ट्रिय राजनितिमा देखिएको नयाँ परिवेशमा काँग्रेस नेता तथा कार्यकर्ताको एकता अपरिहार्य भएकोमा जोड दिनुभयो । उहाँले विगतमा भएका कमीकमजोरीलाई विर्सदै सवै एक भएर अघि बढ्न आग्रह गर्नुभयो । 
उहाँले स्थानिय तह निर्वाचनमा भएका गल्तीको प्रायश्चीत गर्ने मौका प्रदेश तथा सघिय निर्वाचन भएको दावि गर्नुभयो । पार्टी हित र विजयको लागि सवै नेता कार्यकर्ता सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । काँग्रेसले अन्य लोकतान्त्रिक शक्तीहरुलाई पनि समेट्दै विजयको बाटोमा लम्कनुपर्नेमा उहाँको भनाई थियो । 
सवै कायकर्ता इमान्दार भए काँग्रेस कहिल्यै नहार्ने भन्दै उत्साहाका साथ लाग्न उहाँको आग्रह थियो । उहाँले आसन्न निर्वाचनको लागि पार्टीका भातृसंगठन तथा शुभेच्छुक सँगठनहरुलाई पनि स्पष्ट कार्ययोजना सहित सक्रिय हुन आग्रह गर्नुभयो । 
भोटेओडारमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस निवर्तमान सभापती कृष्ण कोईराला, पूर्व सभापतीहरु शँकरकान्त जोशी, तुलसी नारायण श्रेष्ठ, पूर्व राज्य मन्त्री रामबहादुर गुरुङ लगायत नेता कार्यकताहरुको उपस्थीती थियो । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल