• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

पाचोकको फुर्जुङमा जुवातास र जाडरक्सि पूर्ण प्रतिवन्ध


 
१९ असोज । लमजुङको दोर्दी गाउपालिका वडा नंं ५ पाचाृेकको फुर्जुङमा स्थानिय युवाक्लव र आमा समूहको अगुवाईमा विकृति विसंगति विरुद्ध अभियान सुरु गरिएको छ । गाउमा जुवातास खेल्ने र जाडरक्सि बेचविखन तथा सेवानगरी होहल्ला गर्ने जस्ता विकृतीहरु वढ्न थालेपछि कैलाश युवा क्लव र कुवापानी देवी आमा समूहको सक्तियतामा उक्त अभियान सुरु गरिएको हो । उनिहरुले बिहिबार एक कार्यक्रमको आयोजना गरी गाउमा जुवातास खेल्न, मदिरा बेजविखन र सेवन गर्न पूर्ण प्रतिवन्ध लगाएका छन् । 
असोज २ गतेबाट नै उक्त निर्णय गरि लागु गरिदै आएकोमा दशैको अवसरमा भने जुवातास तथा मदिरा बेचविखनकार्य खुल्ला गरिएको क्लवका अध्यक्ष गौचन गुरुडले बताउनुभयो । चाडपर्वलाई मध्यनजर गर्दै निश्चित समयको लागि खुल्ला गरिएको उहाले वताउनुभयो । 
साथै तिहारको समयमा पनि केहि दिन खुल्ला गरिने क्लवले जनाएको छ । शान्ति सुरक्षामा खलल पु¥याउने र विकृति विसंगति हटाउन विभिन्न नियम बनाएको आमा समूहकी अध्यक्ष कुमारी गुरुडले वताउनुभयो । साथै यदि कसैले नियम उल्लघन गरी जुवातास खेल्ने खेलाउने र मदिरा बेच्ने वा सेवन गर्ने गरेमा प्रतिव्यक्ति ५ हजार जरिवाना समेत तोकीएको छ ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल