• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

कुटपिटबाट स्वास्थ्य चौकी र बिद्युतका कर्मचारी गम्भिर घाइते


 
१९ असोज । बेसीशहर नगरपालिका वडा नं. ४, पुरानोकोटको स्वास्थ्य चौकी र बिद्युतमा काम गर्ने कर्मचारीमाथी कुटपीट भएको छ । पुरानटकोट स्वास्थ्य चौकीका अहेब तेजबहादुर कुमाल र लमजुङ बिद्युत उपभोक्ता संस्थाका कर्मचारी भिमबहादुर गुरुङमाथी कुटपीट भएको हो । 
नेकपा एमाले पुरानोकोट गाउँ कमिटिका अध्यक्ष भोजबहादुर गुरुङको नेतृत्वमा करिब डेढ दर्जन यूवाहरुको समुहले कुटपीट गरेका हुन । कुटपीटबाट स्वास्थ्यचौकीका अहेब कुमालको करङ भाँच्चिएको भने टाउकोमा गम्भिर चोट पुगेको छ । त्यस्तै लमजुङ बिद्युत उपभोक्ता संस्थाका कर्मचारी गुरुङको बायाँत्रिघा र हातमा गम्भिर चोट लागेको छ । 
पिङ खेल्न जाने क्रममा भएको सामान्य बिबादलाई लिएर एमाले अध्यक्ष गुरुङको नेतृृत्वमा एमाले निकट यूवाहरुले बिनाकारण संयोग गूरुङलाई कुटपिट गरेका थिए । कुटपीटबाट उनको आँखा र नाकमा चोट लागेको छ । 
घाईतेहरुमध्ये गुरुङद्धयको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भईरहेको छ भने अहेब कुमाललाई पोखरा स्थित मणीपाल अस्पताल रिफर गरीएको छ । 
यता घटनामा संलग्नहरुलाई कारवाहीको माग गर्दै घाईतेहरुले संयूक्तरुपमा प्रहरीमा सार्बजनिक मुद्धाका लागि किटानी जोहेरी दिएका छन् । घटनाका मुख्य दोषी भोजबहादुर गुरुङ प्रहरी नियन्त्रणमा रहेको र बाँकी फरार रहेको प्रहरी नायब उपरीक्षक पदमबहादुर बिष्टले जानकारी दिनुभयो ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल