• Today :
    Friday, November 24, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

राईनास नगरपालिकाको मेयरमा एमालेका थापा बिजयी


 
निरज अधिकारी
६ जेठ, बेसीशहर ।
लमजुङको राईनास नगरपालिकामा एमालेका सिंहबहादुर थापा मेयर पदमा निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गणेशप्रसाद सिलवाललाई १७५ मतले पछि पार्दै थापा विजयी हुनुभएको हो । थापाले ४२४७ मत प्राप्त गर्नुभएको थियो भने, सिलवालले ४०८२ मत प्राप्त गरेका थिए । 
राईनासमा नेकपा एमाले र नेकपा माओबादी केन्द्रले चुनावी तालमेल गरेका थिए । तर उपप्रमुखको पद पाएको माओवादी केन्द्रले भने यस तहमा जित हासिल गर्न सकेन ।
उपप्रमुखमा कांग्रेसकी धनकुमारी गुरुङ ४१०० मत ल्याएर बिजयी हुनुभएको छ । एमालेको समर्थनमा उम्मेदवारी दिनुभएका माओवादी केन्द्रका पुष्पराज खनालले ३८४७ मतमात्र पाउनुभयो ।
त्यस्तै लमजुङका आठै स्थानीय तहको अन्तिम परिणाम समेत आएको छ । लमजुङमा ५ तहमा एमाले, २ तहमा कांग्रेस १ तहमा माओवादी केन्द्रले प्रमुखमा जित हासिल गरेका छन् । ७५ वडा रहेको लमजुङमा ३५ वडामा कांग्रेस, ३४ वडामा एमाले र ६ वडामा माओवादी केन्द्र विजयी बनेको छ । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल