• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

एमाले लमजुङद्धारा संघ र प्रदेशका लागि २० जना उम्मेदवार तय


 
२० असोज, बेसीशहर । नेकपा एमाले लमजुङले संघीय सभा र प्रदेश सभाको लागि २० जना उम्मेदवार तय गरि प्रदेश कमिटिमा सुझाव पठाएको छ ।
एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङलाई संघको प्रत्यक्ष तथा समानुपातिक वा क्षेत्र नं. २ बाट प्रत्यक्ष वा समानुपातिक गरि चारै तर्फबाट उम्मेदवार बन्न पाउने गरी बाटो खुल्ला गरेको छ । एमाले जिल्ला कमिटिको शुक्रबार बसेको बैठकले संघको प्रत्यक्षतर्फ बर्तमान सांसद जमीन्द्रमान घले, टुका हमाल साथै राजकुमार विष्टलाई छनौट गरी प्रदेश कमिटीमा सुझाव पेश गर्ने निर्णय गरेको एमाले जिल्ला कमिटी अध्यक्ष धनञ्जय दवाडीले बताउनुभयो । 
संघको समानुपातिकतर्फ बमबहादुर थापा र दीपा गुरुङलाई छनौट गरिएको छ । जिल्ला कमिटी बैठकले क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ धनञ्जय दवाडी, भीमबहादुर गुरुङ र विष्णुमाया गुरुङ र क्षेत्र नं. २ बाट कृष्णप्रसाद अधिकारी, डा. भीष्मनाथ अधिकारी र सीता गुरुङलाई प्रदेश सभाको उम्मेदवार बनाउन प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीले गरेको निर्णयलाई अनुमोदन गरी प्रदेश कमिटिमा सिफारिस गरेको छ ।
बैठकले क्षेत्र नं. १ को समानुपातिकतर्फ मायानाथ अधिकारी, फूलबहादुर थापा, लोका अधिकारी र बैकल्पिकमा हिरालाल विकलाई छनौट गरेको छ । क्षेत्र नं. २ को समानुपातिकतर्फ महेन्द्रलाल श्रेष्ठ, केशर खत्री, यसोदा रिमाल र बैकल्पिकमा रामबहादुर विकलाई छनौट गरि प्रदेश कमिटीमा सुझाव दिने निर्णय गरेको पार्टी सचिव कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल