• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागी राप्रपा लमजुङद्धारा उम्मेदवार सिफारिस, विवेकशील साझाले माग्यो उम्मेदवार


 
२० असोज, बेसीशहर । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी लमजुङले उम्मेदवार सिफारिस गरेको छ । 
राप्रपा लमजुङको शुक्रबार बसेको बैठकले संघ र प्रदेश सदस्यका लागि प्रत्यक्ष र समानुपातिक तर्फ तीन÷तीन जना उम्मेदवारको नाम सिफारिस गरेको हो । राप्रपाले प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ केन्द्रीय सहमहामन्त्री हेमजंग गुरुङ, जिल्ला अध्यक्ष इन्द्रबहादुर मल्ल र उपाध्यक्ष ठाकुरप्रसाद गुरुङको नाम सिफारिस गरेको छ । 
समानुपातिकतर्फ केन्द्रीय सदस्य मदिना खातुन, जिल्ला उपाध्यक्ष रामबहादुर थापा र क्षेत्र नं. १ का अध्यक्ष देवीप्रसाद गुरुङलाई सिफारिस गरिएको पार्टी अध्यक्ष इन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । 
राप्रपाले प्रदेश सभा सदस्य उम्मेदवारमा क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ जिल्ला सहसचिव खोमराज विष्ट, राइनास नगर अध्यक्ष राजेन्द्र लौडारी र जिल्ला कार्यसमिति सदस्य बुद्धीजंग गुरुङको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ पूर्व जिल्ला अध्यक्ष शंकरराज विष्ट, पूर्व महिला संघ संगठन केन्द्रीय सदस्य धनमाया गुरुङ र राइनास नगर उपाध्यक्ष खेम गुरुङको नाम सिफारिस गरिएको छ । 
क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ जिल्ला कार्यसमिति सदस्य नरेन्द्रराज ढुङ्गाना, क्षेत्र नं. २ का अध्यक्ष पद्यमराज खनिया र मध्यनेपाल नगर अध्यक्ष चर्तुभुज घिमिरेको नाम सिफारिस गरिएको छ । यस्तै समानुपातिकतर्फ केन्द्रीय सदस्य गोविन्दराज खनिया, जिल्ला उपाध्यक्ष रामचन्द्र अर्याल र पार्वती पौडेलको नाम सिफारिस गरिएको छ । 
यसैविच, विवेकशील साझा पार्टीले लमजुङमा उम्मेदवारको खोजी गरेको छ । सो पापर्टीका लमजुङ प्रतिनिधि निर्देश सिलवालले एक विज्ञप्ती प्रकाशित गरि प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार आब्हन गर्नुभएको हो । लमजुङबाट उम्मेदवारी दिने विषयमा विभिन्न तह र तप्काका ब्यक्तिहरुसँग छलफल भईरहेको बताउँदै सिलवालले उम्मेदवार बन्न इच्छुक क्षमतावान र इमन्दार नागरिकहरुलाई छिटो खबर गर्न अनुरोधसमेत गर्नुभएको छ । 
साझाले जारी गरेको विज्ञप्तीमा ‘हाम्रो होइन राम्रो’ नागरिकहरु नेतृत्व तहमा पुगुन् भन्ने उदेश्यका साथ विवेकशील साझाको तर्फबाट उम्मेद्वार छनौट गरिने बताइएको छ । स्थानीय तह निर्वाचनमा काठमाण्डौ महानगरपालिकामा विवेकशील र साझा पार्टीका उम्मेदवारले राम्रो मत पाएका थिए । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल