• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

जिप दुर्घट्नामा परी एक विदेशी पर्यटकको मृत्यु, ११ जना घाईते


 
लमजुङ, असोज २३ । बेसीशहर–चामे सडक अन्र्तगत मनाङको तालबजार नजिकै जीप दुर्घट्ना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्नपूर्ण पदमार्ग घुम्न आएका इजरायी नागरिक एवियाजर विरिड रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि अन्य ११ जना घाइते भएका छन् । आइतबार साँझ लमजुङ सदरमुकाम बेसीशहरबाट मनाङतर्फ जाँदै गरेको ग १ ज ६०३४ नम्वरको जीप मनाङको नासोङ गाँउपालिका अन्तर्गत ताल भन्ने स्थानमा दुर्घट्ना भएको थियो ।
ताल प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरिक्षक मनहरी थापा क्षेत्रीका अनुसार घाइतेहरुलाई थप उपचारका लागि हेलिकप्टरबाट लमजुङ ल्याउने तयारी गरिएको छ ।
जिपमा चालक सहित १२ जना सवार रहेको प्रहरीले जनाएको छ । तालबजार जाने बाटोको घुम्तीमा ट्रनिङ नपुग्दा जीप दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल