समाचार
प्रदेश र संघको निर्वाचनका लागी राप्रपा प्रजातान्त्रीक लमजुङले गर्यो उम्मेदवार सिफारिस

२२ असोज, बेसीशहर । आगामी मंसिर १० मा हुने प्रदेश र संघको निर्वाचनका लागी राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रीक लमजुङले पनि आफनो उम्मेदवारी सिफारिस गरेको छ । दलको बैठकले प्रतिनिधीसभा निर्वाचनका लागी प्रत्यक्षतर्फ पार्टीका जिल्ला सदस्य टक बहादुर गुरुङलाई सिफासिर गरेको छ । यस्तै समानुपातीक तर्फ जिल्ला अध्यक्ष बालचन्द्र श्रेष्ठ र सदस्य धिराज गुरुङलाई सिफारिस गरेको छ ।
यस्तै प्रदेश निर्वाचनका लागी क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ बजिरमान गुरुङलाई सिफासिर गरेको छ । समानुपाती तर्फ भने, जिल्ला सदस्य बल बहादुर गुरुङ, कोषाध्यक्ष कल्पना लौडारी, सदस्य कुल बहादुर विक र रमेश न्यौपाने लाई सिफारिस गरेको छ ।
यस्तै क्षेत्र नं. २ तर्फ बाट प्रत्यक्ष तर्फ जिल्ला सदस्य रमेश पाण्डेलाई सिफारिस गरिएको छ । समानुपातीकमा जिल्ला सदस्य मोहनलाल श्रेष्ठ, कृष्ण प्रसाद चिलवाल र पार्वती वाग्ले सिफासिर भएका छन् ।