• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

मनाङमा पर्यटक बढे, होटल व्यवसायीहरुलाई भ्याइनभ्याइ


 
निरज अधिकारी-
२२ असोज, मनाङ्ग । मनाङ्गको अपर पिसाङ्गका होटल व्यवसायी भुजुङ गुरुङलाई यतिवेला भ्याइनभ्याइ छ । मनाङ्ग घुम्न आउने पर्यटकको लर्को लागेपछि उनको दैनिकी आजकल होटलमै बित्न थालेको छ । ‘वेसिजनमा  होटलमा दैनिक १० देखि १५ जनासम्म पाहुना हुन्थे, अहिले दैनिक एक सय बढिले बस्ने ठाउँ खोज्न आउने गरेकाले पाहुनाहरू राख्न समस्या भएको छ ।’ उनले भने । गुरुङका अनुसार पर्यटक बढ्ने यो सिजनमा आन्तरिक भन्दा बढी बाह्य पर्यटकको खचाखच छ ।
‘१९ जनाको क्षमता भएको होटल छ, क्षमता भन्दा बढी पर्यटक भएपछि खाट जोडेर र त्रिपाल टागेर पर्यटक राख्नुपर्ने बाध्यता छ,’ अपर पिसाङकै अन्नपूर्ण होटेल सञ्चालक पशुपति अधिकारीले सुनाए । यो सिजनमा इजरायल, जम्रन, फ्रान्स, अष्ट्रेलिया लगाएतका देशका बाह्य पर्यटकको ओइरो लागेको उनले जनकारी दिए । 
चाडपर्वको विदाको समय भएको र अनुकुल मौषमका कारण भएकाले पनि यो समयमा मनाङ्ग घुम्ने पर्यटक बढी आउने गरेका छन् । पर्यटकको संख्या बढेसँगै यहाँका होटलहरू खचाखच भरिएको नेस्याङ गापा–५ भ्राकाका हिमालय होटलका सञ्चालक कर्मछिरिङ गुरुङ बताउँछन् । दैनिक तीन सयभन्दा बढि पर्यटकहरूको ओईरो लागेपछि मनाङका होटल व्यवसायीहरुलाई भ्याइनभ्याइ छ । 
दशै तिहारको बिदा मनाउनेहरू मनाङ्ग भ्रमणमा आउन थालेपछि अहिले यहाँका अधिकांश होटलहरू भरिभराउ भएका हुन् । अहिले दैनिक डेढ देखी २ सयको हाराहारीमा बाह्य र ५० देखी सयको हाराहारीमा आन्तरिक पर्यटक मनाङ भित्रने गरेको एक्याप मनाङले जनाएको छ 
यातायातको सहजताका कारण भ्रमण गर्नेहरुको ओईरो लागेसँगै स्थानीय होटलहरुमा बस्न समस्या भएको छ । सिमित संख्याका होटलहरुमा पाहुन राख्ने क्षमता भन्दा बढि पर्यटकहरू ओइरिएपछि होटलहरुमा भीड लागेको हो । 
बाह्य पर्यटकहरुले पहिले नै होटल बुक गरेर जाने गरेकाले कुनै समस्या नहुने गरेको भएपनि आन्तरिक पर्यटकहरुले भने होटल बुक नगरि जाँदा बस्नको समस्या हुने गरेको छ । होटलमा बास पाउनै गाह्रो रहेछ, काठमान्डौबाट भ्रमणमा आएका कुमार गुरुङले भने, पहिला नै नखोज्दा बास पाउनै समस्या भयो ।
गाडीको सहज सुबिधा भएपछि अधिकांश बाह्य पर्यटकहरु गाडीमै मनाङ भित्रने गरेका छन् भने, अधिकांश ट्रेकिङ्ग मार्फत नै आउने गरेका छन् । मनाङमा अहिले दैनिक काठमाडौं, पोखरा, बुटवल, चितवन, पाल्पालगायत स्थानबाट आन्तरिक पर्यटक समेत उत्तिकै भित्रिएका छन् । 
 फरक भु–धरातल, छुट्टै खालको प्राकृतिक स्वरुप भएको जिल्ला भएकाले पनि पर्यटकहरुको घुईचो लाग्ने गरेको हो । अहिलेको मौषम अनुकुल भएकाले पनि यहाँको भ्रमणका लागि आउने गरेको पाईएको छ । मनाङ पुगेका पर्यटक सजिलै तिलिचो तालसम्म पुग्ने गरेका, भने केहिले विश्व प्रसिद्ध थोरङला भञ्ज्याङ्ग समेत पास गर्ने गरेका छन् । मनाङका करिब ८५ प्रतिशत नागरिक पर्यटन व्यवसायमा रहेको मनाङ्ग पर्यटन व्यवसायी संघका अध्यक्ष विनोद गुरुङले बताए । 
विशेष गरि यातायातको सहज भएसँगै अहिले सदरमुकाम चामेदेखी, पिसाङ्ग, उपल्लो मनाङ्ग हुँदै बेसक्याप, तिलिचो र थ्रोङग्ला भञ्ज्याङ सम्म दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल