• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

फरार २ अभियुक्त प्रहरी फन्दामा


 

२३ असोज, बेसीशहर । अदालतले कैद भुक्तानीको फैसला सुनाएपनि फरार २ अभियुक्त प्रहरी फन्दामा परेका छन् । उनीहरुलाई आफ्नै घरबाट पक्राउ गरिएको छ ।

सवारी ज्यान मुद्धामा २०७२ चैत १० गते अदालतले १ महिना २० दिने कैद सजाय र २ हजार जरिवाना तोकेका सुन्दरबजार नगरपालिका ३ का २८ बर्षीय हरिबहादुर चिडीमगरलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि ०७२ फागुन १३ गते सुन्दरबजार नगरपालिका ९ मा भएको दुर्घटनामा एक युवकको निधन भएको अभियोग सवारी ज्यान मुद्धा लागेको थियो ।

यस्तै, जुवामुद्धामा ३ सय रुपैया“ नतिरी फरार भएका सुन्दरबजार नगरपालिका ३ कै ४२ बर्षीय धर्मराज गुरुङलाई पक्राउ गरिएको छ । ०७३ भदौ १६ गते जुवा खेलेको अभियोगमा अदालतले भदौ २१ गते नै ३ सय रुपैयाको जरिवाना सुनाएर धरौटीमा रिहा गरेपनि उनी सम्पर्कमा आएका थिएनन् । चिडीमगरलाई आइतबार साझ र गुरुङलाई आफ्नै ग्यारेजबाट सोमबार बिहान पक्राउ गरिएको सोमबारै अदालतमा पेश गरिएको इन्सपेक्टर बुद्धिसागर पुरीले बताउनुभयो ।

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल