• Today :
    Friday, November 24, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

लमजुङका कृषक किबी खेतीतर्फ आकर्षीत


 
निरज अधिकारी-
२८ असोज, लमजुङ । लमजुङको क्होलासोँथर गापा–८ घाम्राङका कृषक कुल प्रसाद गुरुङले किबी खेती शुरु गरेको ४ बर्ष बित्यो । वागवानी विकास आयोजना अन्तर्गत आव ०७०÷७१ मा जिल्ला कृषि विकास कार्यालय लमजुङबाट ५० प्रतिशत अनुदानमा पाएको १ सय बिरुवाबाट गुरुङले किबी खेती शुरु गरेका थिए । दुई बर्षपछि फल दिने यस खेतीबाट गतबर्ष १० केजी किबी उत्पादन भएको उनले बताए । ‘यसबर्ष उत्पादन दोब्बर हुने संकेत देखिएको छ, उनले भने, मंसिर लागेसँगै टिप्ने सिजन शुरु हुन्छ ।’ गुरुङले कृषिको अनुदान सँगै ५० हजार लगानीमा यो खेती १५ रोपनी क्षेत्रफलमा बिस्तार गरेका छन् ।  
सुरुमा एक पटक लगानी गरेपछि ४०/५० वर्षसम्म उत्पादन दिइरहने र बजारकोसमेत अभाव नहुने भएपछि यस खेतीतर्फ आकर्षित भएको उनले जानकारी दिए । जिल्ला कृषि विकास कार्यालयले आव ०७०/७१ र आव ०७१/७२ मा दुइपटक गरी १५ सय बिरुवा खेती गर्न इच्छुक कृषकलाई ५० प्रतिशत अनुदानमा बितरण गरेको थियो । जसअन्तर्गत अनुदान पाएका जिल्लाका विभिन्न स्थानमका एक दर्जन कृषकले किबी खेती गर्दै आएका छन् । कतिपयले व्यत्तिगत रुपमा समेत यसको खेती गरेका छन् । केही बर्ष अघि परिक्षणका लगाइएको किवी खेती सफल भएपछि किसानहरु उत्साहीत भएका हुन् ।
किबी खेतीको संभावना उच्च रहेपनि खेतीको प्रबद्र्धनमा भने खासै ध्यान जान नसकेको समेत किसानहरुको गुनासो छ । किवीखेती सम्बन्धी प्राबिधिक ज्ञान नहुँदा किसानहरु अन्यौलमै छन् । प्राबिधिक ज्ञान नहुँदा किवी खेती गर्न ईच्छुक किसान समस्यामा छन, प्यारजुङमा किवी खेती गर्दै आएका मनकुमारी गुरुङ भन्छिन्, ‘ब्यवसायिक ढङ्गमा लागेका किसानहरुलाई तारजाली लगायतमा आबश्यक सामाग्री अनुदान दिने ब्यवस्था गरिनुपर्छ ।’
किवी खेतीमा ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा बिभाजन गरिन्छ । फल बाहेक किवीको जाम, जुस, जेली, वाइन र कस्मेटिक सामग्री बनाउन सकिन्छ । लमजुङमा घाम्राङ, हिलेटक्सार,खाँचे, घेर्मु, चिती, भोटेवडार लगायतका ठाउँहरुमा ब्यवसायिक रुपमा अलैंची खेती भईरहेको  छ ।
गतबर्षबाट उत्पादन शुरु हुन थालेको किबी खेतीको माग र अवस्था अनुसार थप कार्यक्रम ल्याइने बरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले बताए । यहाँको हावापानी राम्रो रहेको र खेती बिस्तार भएसँगै आम्दानीको राम्रो स्रोत बन्न सक्ने भएकाले पनि खेती बिस्तार अभियानमा जुटेको उनले जानकारी दिए । 
समुद्री सतहबाट ८ सयदेखि २ हजार मिटर उचाइको पहाडी क्षेत्रमा किवि खेती गर्न सकिन्छ । निर्यातयोग्य किवी उत्पादनका लागि एकहजारदेखि दुईहजार मिटर उचाइको जमिन उपयुक्त हन्छ । रोपेको एकबर्षपछि फल्न शुरु गर्ने किवीले ६० बर्षसम्म निरन्तर फल दिइरहन्छ । एक रोपनी जमिनमा ५० बोट रोप्न सकिन्छ भने एक बोटमा एकसय केजीसम्म फल्छ । प्रतिरोपनी बार्षिक सरदर १ लाख आय दिनसक्ने किवीसँगै बेसार, अदुवा, कुरिलो लगायतको मिश्रित खेती गर्न सकिने कृषि प्राविधिकहरु बताउँछन् । 
जिल्लामा व्यवसायीक रुपमा किबी खेती बिस्तार गर्ने कृषकहरुमा पूर्वी लमजुङ स्थित इलमपोखरीका कालु गुरुङ, पूर्ण बहादुर तामाङ, प्यारजुङका मनकुमारी गुरुङ, भारतेका हरि प्रसाद लामिछाने, मोहनसिंह गुरुङ, बेसीशहरका सम्झना पाण्डे, लाल बहादुर गुरुङ, बल बहादुर पाण्डे, हिलेटक्सारका जस बहादुर गुरुङ, चितिका रमेश बाबु पन्त र अनिल खड्का रहेका छन् ।
क्याप्सन : किबी बारीमा काम गर्दै लमजुङको क्होलासोँथर गापा–८ घाम्राङका एक कृषक ।
तस्बिर : निरज अधिकारी

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल