• Today :
    Friday, November 24, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

ज्ञानसीपको अभावमा बिदेशीएका लमजुङेको मृत्युको दर बढ्दै / ३ महिनामै आयो २ शव


 
२८ असोज, बेसीशहर । लमजुङबाट वैदेशिक रोजगारीमा खाडीमुलुक गएकामध्येको वर्षेनी ठूलो संख्यामा मृत्यु हुने गरेको देखिएको छ । जिल्लाबाट वैदेशिक रोजगारीमा जाने महिलाको संख्या ठूलै रहेपनि मृत्यु हुनेमा भने धेरै पुरुष छन् ।
दोर्दी गाउँपालिका ९ हिलेटक्सारका लिलजंङ गुरुङको यहि असोज २२ गते मृत्यु भयो । लिलजंङको रोजगारीको सिलसिलामा २ महिना अघि सवारी दुर्घटनामा कतारमा मृत्यु भएको थियो । मृतक गुरुङको श्रीमती मिना गुरुङले आवश्यक कागजात पूरा गरेर जिप्रका लमजुङबाट ३ लाख ८६ हजार ८३७ क्षतिपूर्ति बुझिन् । अघिल्लो बर्ष कार्तिकमा दुधपोखरी–६ भिरकुनाका राजकुमार गुरुङको साउदीमा मृत्यु भयो । उनको श्रीमतीले खुमायाँ गुरुङले पनि कागजात पूरा गरी ४ लाख ५ हजार क्षतिपुर्ती बुझीन् । गुरुङको परिवार जस्तै बर्षेनी ठूलो संख्यामा मृत्तकका परिवारले यसरी क्षतिपुर्ती बुझ्दै आएका छन् । 
जिल्ला प्रशासनमा रहेको तथ्याङकका आधारमा जिल्लाबाट वैदेशिक रोजगारीमा गएर मृत्यु हुनेको संख्या आर्थिक वर्ष ०७२/०७३ मा ५ जना रहेको थियो । यसैगरी, आव ०७३/०७४ मा यो संख्या बढेर ६ पुगेको थियो । चालू आव २०७४/७५ को हालसम्म २ जनाको मृत्यु भैसकेको छ । कार्यालयका अनुसार तथ्याङ्क बाहेकको मृत्तकको संख्या पनि धेरै छ ।
मृत्युपश्चात् मृतकका हकदारले रु ३ लाखदेखि १० लाखसम्म क्षतिपूर्ति बुझेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । मृतकका परिवारलाई क्षतिपूर्तिका लागि आवश्यक कागजात पूरा भएर आउने बित्तिकै तत्काल भुक्तानी दिने गरिएको प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले बताए ।
कोरिया, जापान, अमेरिका, अष्ट्रेलियाजस्ता देशमा पनि धेरै लमजुङे रोजगारीका लागि पुगेपनि ठझण्डै ८० प्रतिशतभन्दा बढी लमजुङे रोजगारीको गन्तव्य खाडीमुलुक रहेका छन् । 
जिल्ला प्रशासन कार्यालय लमजुङको तथ्यांकअनुसार दैनिक करिब १५ देखि २० जना युवा वैदेशिक रोजगारीमा जानका लागि राहदानी लिने गर्दछन् । गत आव २०७३÷०७४ मा राहदानी लिने लमजुङेको संख्या ४ हजार ९ सय ३० रहेका थिए । जसमा १५ सय ९ जनाले दु्रत सेवा लिएका थिए भने, ३४ सय २९ जनाले समान्य सेवा लिएका थिए । 
चालू आव २०७४÷०७५ को हालसम्म १ हजार २ सय ३१ जनाले राहदानी लिइसकेका छन् । जस्मा दु्रत सेवाको राहदानी लिने ५ सय १४ जना छन् भने, ७ सय १७ जनाले समान्य सेवा लिएका छन् । १८ देखि ४० वर्ष उमेर समूहका युवा वैदेशिक रोजगारीमा जाने गरेको तथ्यांक देखिएको छ । लामो समयदेखि रोजगारीमा गएर आवतजावत गर्ने ४० वर्ष माथिका रहेपनि नयाँ रोजगारीमा जाने ४० वर्षमुनिका हुने गरेको बताइएको छ । 
असुरक्षित श्रम, आवश्यक ज्ञान सीपको अभाव तथा जोखिमपूर्ण काममा जानुपर्ने बाध्यताका कारण धेरै जनाको मृत्यु भएको हुनसक्ने पजिअ मैनालीले बताए । घरेलु कामदार, कृषि मजदुर, कारखाना मजदुरजस्ता जोखिमयुक्त काममा जानेको संख्या अधिक रहेका कारण वर्षेनी यति धेरै लमजुङेको  मृत्यु हुने गरेको छ । मिठो सपना बोकेर विदेश जाने लमजुङ यस्ता युवा लाश बनेर फर्कँदा घरमा श्रीमती र छोराछोरीको विचल्ली हुने गरेको छ । स्वदेशमै रहँदा एकप्रकारले पारिवारिक व्यवस्थापन गरेका उनीहरु विदेश गएर मृत्युवरण गरेपछि भने पारिवारिक अवस्थामा ठूलो समस्या देखिँदै आएको छ ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल