• Today :
    Friday, November 24, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

लमजुङमा गुरुङ र घर्तीबीच प्रतिस्पर्धा हुने


 
५ कार्तिक, लमजुङ ।
साविक २ वटा निर्वाचन क्षेत्र रहेको लमजुङमा संघीय संसदका लागि एउटा सिट मात्र छ । एक मात्र क्षेत्रमा वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता देव गुरुङ उम्मेदवार बनेका छन् भने, कांग्रेसले दिलबहादुर घर्तीलाई उठाएको छ ।
प्रदेशसभातर्फ (क) बाट कांग्रेसका गर्जबहादुर गुरुङ र (ख) बाट कृष्णप्रसाद कोइराला उम्मेदवार बनेका छन् । वाम गठबन्धनअन्तर्गत प्रदेशसभाका दुवै क्षेत्र एमालेले लिएको छ । एमाले जिल्ला अध्यक्ष धनञ्जय दवाडी (क) र पार्टी केन्द्रीय सचिव पृथ्वी सुब्बा गुरुङ (ख)बाट उठ्ने भएका छन् ।
गुरुङलाई एमालेका तर्फबाट प्रदेश ४ को मुख्यमन्त्रीका सम्भावित उम्मेदवारका रुपमा पनि हेरिएको छ । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार दुवै तर्फका उम्मेदवारबाट मनोनयन पत्र दर्ता गरिएको छ । 
लमजुङमा साना दलहरु तर्फ नयाँ शक्ति नेपाल, संघिय समाजवादी फोरम र विवेकशील साझा पार्टीको उम्मेदवारी दर्ता भएको छ । जस्मा नयाँ शक्तिबाट प्रतिनिधीसभामा देवेन्द्र पराजुलीको उम्मेदवारी छ भने, प्रदेशसभातर्फ (क) बाट राजु थापा र (ख) बाट सरोज दनाई उम्मेदवार बनेका छन् । यस्तै संघिय समाजवादी फोरम तर्फ प्रतिनिधीसभाका लागी खेमजंङ्ग गुरुङ उम्मेदवार बनेका छन भने, प्रदेशसभातर्फ (क) बाट शेष बहादुर गुरुङ र (ख) बाट सुरेश कुमार गुरुङ उम्मेदवार बनेका छन् । 
यस्तैगरी विवेकशील साझा पार्टीको तर्फबाट प्रतिनिधी सभाका लागी निर्देश शिलवाल उम्मेदवार बनेका छन् भने, प्रदेशसभातर्फ (क) बाट तुलसी गुरुङ र (ख) बाट मोनिन्द्र थापा को उम्मेदवारी परेको छ । लमजुङबाट राप्रपा प्रजातान्त्रीकमा भने प्रदेशसभातर्फमात्र उम्मेदवारी परेको छ । जस्मा प्रदेशसभातर्फ (क) बाट बजिरमान गुरुङ र (ख) बाट रमेशराज पाण्डेको उम्मेदवारी परेको छ । यस्तै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट प्रतिनिधीसभाका लागी शुरेशचन्द्र न्यौपाने, राष्ट्रिय जनमुक्ती पार्टीबाट यम बहादुर थापा मगर, देशभक्त पार्टीबाट ओम दारी लामा भन्ने मेतर गुरुङ उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जनसमाजवादी पार्टीबाट प्रतिनिधी सभाका लागी निराजन कुँवर र प्रदेशसभातर्फ (क) बाट बुद्धिमान परिया र (ख) बाट हर्के सार्कीको उम्मेदवारी परेको छ । 
यस्तै स्वतन्त्र तर्फ भने प्रतिनिधी सभामा द्धारीका मिश्र र प्रदेशसभातर्फ (ख) मा उत्तम गुरुङको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्यका अनुसार प्रतिनिधीसभाका लागी १० जना र प्रदेशसभा तर्फ (क) बाट ७ र (ख) बाट एक स्वतन्त्र सहित ८ जनाको उम्मेदवारी परेको छ ।  
मनोनयन दर्ता कार्यक्रम बिहान १० देखि अपराह्न ५ बजेम्म चलेको थियो । २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा लमजुङ–१ बाट एमालेका जमिन्द्रमान घले र २ बाट कांग्रेसका चन्द्रबहादुर कुँवरले जितेका थिए ।
स्थानीय तहको निर्वाचनमा भने, जिल्लाका आठमध्ये पाँच स्थानीय तहमा एमालेले जितेको थियो । कांग्रेसले दुई र माओवादीले एक तहमा जितेका थिए । स्थानीय तह निर्वाचनमा वाम गठबन्धनको मत समग्रमा ३४ हजार ६ सय ३३ छ । कांग्रेसले उक्त गठबन्धनभन्दा २२ सय ९६ मत कम अर्थात् ३२ हजार तीन सय ३७ भोट पाएको थियो ।
उक्त मत वाम गठबन्धनका लागि त्यति सन्तोषजनक मान्न सकिँदैन । संघ र प्रदेश निर्वाचनका लागि गरिएको नामावली संकलनमा नौ हजार चार सय ५७ मतदाता थपिएका छन् ।
लमजुङमा एक लाख १५ हजार चार सय ४९ मतदाताले आफ्नो अधिकार प्रयोग गर्दैछन् । यसअघि यो संख्या एक लाख पाँचर हजार नौ सय ९२ थियो । थपिएका नयाँ मतदाता जित–हारका लागि निर्णायक बन्ने निश्चित छ । जिल्लामा यसपटक एक सय २३ मतदानस्थल तय भएका छन् । तिनमा एक सय ६५ वटा मतदान केन्द्र रहनेछन् ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल