• Today :
    Friday, November 24, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

पुष्प नर्सरीबाट रहरलाग्दो आम्दानी


 
पुष्प भन्दा बेर्नाको माग बढ्दो 
निरज अधिकारी-
५ कार्तिक, लमजुङ । लमजुङका एक महिला उद्यमी हुमा गुरुङ प्राय आफनै पुष्प नर्सरीमै भेटिन्छिन् । जिल्लामै पहिलो पटक व्यवसायीक रुपमा पुष्प व्यवसाय थालेकी गुरुङले यस व्यवसायबाट मनग्य आम्दानी गर्दै आएकी छन् । 
यतिवेला फुलको सिजन भएकाले पनि उनलाई भ्याइनभ्याइ छ । १ सय बढी प्रजातीका फुलका बेर्ना रहेको उनको नर्सरीमा दैनिक ग्राहकहरुको भिड लाग्ने गर्छ् । उनी भन्छिन् ‘सिजनमा त दैनिक  २५ हजारसम्मका बेर्ना बिक्री हुन्छन्, पुष्पको भन्दा बेर्नाको बिक्री राम्रो छ ।’
गुरुङले पुष्पको सानो बेर्ना २० देखी २५ रुपैँया र ठूलो बेर्नाको २ हजारदेखी २५ सय सम्म बिक्री हुने गरेको बताइन् । असोज र कार्तिक फुलको सिजनल महिना भएकाले समेत बिक्रीवितरण राम्रो भएको उनको भनाई थियो ।
‘सिजनमा त मासिक ३ लाख सम्मको बेर्ना र पुष्प बिक्री हुन्छ,’ उनले भनीन् बेसिजनमा लाख, डेढ लाख मा चित्त बुझाउनुपर्छ ।’ 
बेसीशहर नपा २, बोहोराबेसीमा २०७१ सालबाट उत्त व्यवसाय शुरु गरेकी गुरुङले  २०७२ सालबाट मात्र व्यवसायीक रुपमा बिक्री वितरण शुरु गरेकी थिइन् । झण्डै साढे चार रोपनी क्षेत्रफलमा फैलीएको उनको पुष्प नर्सरीमा जिल्लाका गाउँ देखी शहरबजारका मानिसहरु पुष्प खरिदमा आउने गरेका छन् । नर्सरी बाट उत्पादित बेर्ना र पुष्प जिल्लामा मात्र नभई बाहिरि जिल्ला गोरखा, तनहुँ र मनाङमा समेत निर्यात हुने गरेको छ । 
रोज नर्सरी नाम दिएको उत्त पुष्प व्यवसाय सञ्चालनका लागी नर्सरी निर्माण र सामाग्री खरिदमा २० लाख रकम खर्च भएको सञ्चालक गुरुङले बताइन् । व्यवसाय सञ्चालनमा सघाउन पुर्याउन गुरुङले एक जना स्थायी र एक जना सिजनल कर्मचारी समेत राखेकी छन् । 
‘सुरु सुरुमा त बेर्ना हुर्काउन निकै समस्या भयो,’ उनले भनीन् ‘सिक्दै गएपछि ७० प्रतिशत वेर्ना जोगाउन सफल भएको छु ।’ पुष्प विकास केन्द्रबाट तालिम प्राप्त गरेकी उनले काठमान्डौबाटै गुणस्तरिय विउ मगाएर उत्पादन थाल्दै आएको बताइन् । उनले पुष्प नर्सरीको लागी दुई ओटा आधुनिक टनेल निर्माण गरेकी छन् । जस्मा बाह्रमासे फुलहरु उत्पादन हुन्छ । गुरुङका अनुसार बहुबर्षे अन्तर्गत पिटुनिया, डाइन्थस, सयपत्री, असर्फी, मिरानियस, जरभेरा लगाएत प्रजातीका पुष्प बेर्ना बढी बिक्री हुन्छ । नर्सरीमा पछिल्लो समय कागति, लिचि, सुन्तला, मुन्तला लगाएतका फलफुलका बेर्ना समेत उत्पादन हुँदै आएको उनले जानकारी दिइन् ।
उनको व्यवसायलाई सघाउ पुर्याउन अघिल्लो आवमा १० हजार र गत आवमा २५ हजार गरी ३५ हजार रुपैँया जिल्ला कृषि विकास कार्यालयले अनुदान सहयोग गरेको छ । सो रकम विउ खरिदमा सहयोग गरेको उनले बताइन् । 
जुनसुकै पेशालाई फरक तरिकाले अगाल्न सकेमा स्थानिय स्तरमै प्रगति गर्न सकिने उनको भनाई छ । जाँगरका साथ दृढ संकल्पीत भएर स्वनिर्भर बन्ने उद्देश्य पालेकी ३२ बर्षिय हुमा गुरुङले पुष्प व्यवसायलाई अगालेर आफुलाई उदाहरणको रुपमा प्रस्तुत गरेकी छिन् ।
जागीर छाडेर जिल्लामै पहिलो पटक व्यवसायीक पुष्प नर्सरी व्यवसाय थालेकी उनी यतिवेला अन्य महिलाहरुका लागी प्रेरणाको स्रोत बनेकी छिन् । जिल्लाको घरपोखरा स्थायी घर भई बेसीशहरमा बस्दै आएकी गुरुङ सामाजिक विकासमा समेत क्रियाशिल छिन् ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल