• Today :
    Tuesday, September 26, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

नेत्रहिनको पक्षमा पर्याप्त कानुनको आवश्यकता छ : सांसद घले


 
निरज अधिकारी
६ जेठ, बेसीशहर ।
व्यवस्थापीका संसदका सांसद जमिन्द्रमान घलेले नेत्रहिनको पक्षमा पर्याप्त कानुनको आवश्यकता रहेको बताउनुभएको छ । लमजुङ नेत्रहिन संघको तेस्रो जिल्ला अधिवेशनको शुक्रबार बेसीशहमा उदघाटन गर्दै सांसद घलेले सरकारले नेत्रहिनको योग्यता र क्षमताको कदर गर्दै रोजगारी दिन नसकेको भन्दै यसलाई सच्चाएर अघि बढ्नुपर्ने बताउनुभयो । 
यस्ता व्यत्तिहरुलाई समाजले हेर्ने दृष्टिकोण बदल्नुपर्नेमा जोड दिँदै सांसद घलेले सरकारले समेत सामाजिक सुरक्षा भत्ता मार्फत सहयोग गनुपर्ने आवश्यकता रहेको कुरा औल्याउनुभएको थियो । 
यस्ता व्यत्तिहरुलाई उनीहरुको क्षमताको आधारमा सम्मान जनक रुपमा ज्यूने वातावरण मिलाउन आवश्यक रहेको भन्र्दै उहाँले उनीहरुलाई पनि एकताबद्ध भएर काम गर्न सुझाव दिनुभयो । 
अन्य विकसित मुलुकहरुमा यस्ता व्यत्तिहरुलाई सबै सुविधा दिएजस्तो व्यवस्था नेपालमा नभएको भन्दै, आवश्यक बजेट थप गरी सेवा सुविधा उपलब्ध गराउँदै जानेमा सरकार समेत प्रतिबद्ध रहनुपर्ने उहाँको भनाई थियो । 
अधिवेशनले  विष्णु पोखरेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । नव गठित समितिको उपाध्यक्षमा चिजा गिरी, सचिवमा च्युमान घर्तिमगर, सह सचिवमा दान बहादुर गुरुङ र कोषाध्यक्षमा प्रेम बहादुर गुरुङ चयन भएका छन् । यस्तै सदस्यहरुमा गर्ज बहादुर गुरुङ, सुर्य गुरुङ, कृष्ण मायाँ गुरुङ, सुनिता घिमिरे रहेका छन् भने, पदेन सदस्या निवर्तमन अध्यक्ष राजेन्द्र घिमिरे रहेका छन् ।
सो अवसरमा महिला तथा वालवालिका मन्त्रालयका उप सचिव भरत राज शर्मा र एविलिष्ट फाउन्डेशन फिल्याण्डका नेपाल प्रतिनिधि विरेन्द्र राज पोखरेलले अपाङ्गता भएकाहरुलाई नेतृत्व विकास तालिम प्रदान गर्नुभएको थियो । यस्तै निरक्षर दृष्टिविहिनलाई व्रेल लिपी तालिम समेत प्रदान गरिएको संघका निवर्तमान अध्यक्ष घिमिरेले बताउनुभयो ।  
कार्यक्रममा जिल्ला समन्वय समितिको सहयोगमा २५ जना दृष्टिबिहिनलाई बोल्ने घडी, १५ जना दृष्टिबिहिनलाई ब्रेल लिपीमा लेख्ने सिलेट र स्टालस वितरण गरिएका थियो । 
सोहि अवसरमा संस्थामा उल्लेखनिय काम गरेको भन्दै च्युमन घर्तिमगर र बेसीशहर नगरपालिकाका नवनिर्वाचित मेयर गुमानसिंह अर्याललाई समेत सम्मान गरिएको थियो । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल