• Today :
    Friday, November 24, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

देउसीभैलोबाट उठेको रकम बालगृहमा


 
५ कार्तिक, बेसीशहर । वालवालिकाहरुले तिहारमा देउसी भैलो खेलेर जम्मा भएको रकम द्धन्दपिडित बालवालिकालाई दान गरेका छन् । बेसीशहर–२, भकुण्डेका वालवालिकाहरुले देउसीभैलो खेलेर जम्मा गरेको रकम बेसीशहरकै एक बालगृहमा प्रदान गरेका हुन् ।
बालबालिकाहरुले १४ हजार सातसय ३० रुपैया जम्मा गरेको र सो रकम आदर्श महिला तथा बाल विकास केन्द्रमा रहेका द्धन्दपिडित वालवालिकाहरुलाई प्रदान गरेका हुन् ।
परम्परागत देउसी भैलो खेलेर जम्मा भएको रकमलाई वनभोज वा अन्य फजुल खर्च गर्नुभन्दा सामाजिक सेवमामा खर्च गर्नु उत्तम भएको भन्दै द्धन्दपिडित बालवालिकाहरुलाई प्रदान गरिएको देउसो भैली समूहका युजन धितालले बताउनुभयो ।
आँफुहरुले रमाइलो गरेर जम्मा गरेको रकम बालगृहमा दिएर त्यहाँका दाजुदिदिहरु रमाउदा आफुँहरुलाई झनै आनन्द मिलेको देउसीभलो समूहकी सुजा थापाले बताउनुभयो । जसले देउसी भैलो खेलेपनि फजुल खर्च गर्न भन्दा सामाजिक सेवामा खर्च गर्न उहाँले आग्रह गर्नुभयो ।
पैसा धेरै थोरै भन्दा पनि राम्रो कामको शुरुवात गर्न सकेकोमा आँफुहरुलाई गर्व लागेको देउसीभैलो समूहका शिशिर कँडेलले बताउनुभयो । आँफुहरुको अभियानमा अभिभावकहरुले पनि साथ दिएको भन्दै सामाजिक कार्यको लागि थप प्रेरणा मिलेको उहाँले बताउनुभयो ।
सोहि बालवालिकाहरुको समूहले अघिल्लो वर्ष पनि देउसी भैलो खेलेर जम्मा भएको करिव सातहजार रुपैया द्धन्दपिडित वालवालिकाहरुलाई नै सहयोग गरेका थिए ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल