• Today :
    Friday, November 24, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

दलहरुले गरे निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता


 
९ कार्तिक, बेसीशहर । लमजुङका राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आसन्न प्रतिनिधी सभा र प्रदेशसभालाई मध्यनजर गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहिबार बेसीशहरमा आयोजना गरेको निर्वाचन आचारसंहिता अनुगमन समितीको कार्यक्रममा विभिन्न दलका नेता तथा उम्मेदवारले आचारसंहिताको पूर्ण पालना गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् ।
निर्वाचन कार्यालयले दल तथा उम्मेदवारले निर्वाचनको समयमा पालना गर्नुपर्ने आचारसंहिताका विषयमा जानकारी गराउने उद्धेश्यले उक्त कार्यक्रम अयोजना गरेको हो । दलका नेताले सामूहिक प्रतिबद्धतामा हस्ताक्षर गरेका मुख्य निर्वाचन अधिकृत एवम् न्यायधिश कोमल प्रसाद आचर्यले बताउनुभयो । कार्यक्रममा उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिहरूले पालना गर्नुपर्ने सामान्य आचारसंहिता, विषयगत आचारसंहिता, सवारीसाधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचारसंहिता, सञ्चार माध्यमले पालना गर्नुपर्ने आचारसंहिता ,मौन अवधिभर पालना गर्नुपर्ने आचारसंहिता तथा जुलुस र सभा गर्दा पालना गर्नुपर्ने आचारसंहिताका विषयमा जानकारी गराइएको थियो । 
आचारसंहिता उल्लंघन गर्ने जो–कोहीलाई कानुनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले बताउनुुभयो । त्यस्तै मुख्य निर्वाचन अधिकृत आर्चायले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित तवरले सम्पन्न गर्न विभिन्न निकायले सहयोग गर्नुपर्ने बताउनुभएको छ । कार्यक्रममा राजनितीक दल, उम्मेद्वार, नागारिक समाज, कर्मचारी र पत्रकार सबैले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाएका हुन् । 
मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्यका लागि ११ जना चुनावी मैदानमा उत्रीएका छन् भने प्रदेश सभा (क)मा ६ जना र प्रदेश सभा (ख)मा ५ जना चुनावी मैदानमा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । लमजुङमा १ लाख १५ हजार ४ सय ४९ मतदाता छन् । स्थानीय तह चुनावमा १ लाख ५ हजार ९ सय ९२ थिए ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल