• Today :
    Friday, November 24, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

विद्युत् प्रसारण लाइन निर्माणमा अवरोध गर्ने संघर्ष समितिको चेतावनी


९ कार्तिक, बेसीशहर । मस्र्याङ्दी करिडोरमा निर्माण हुन लागेको २२० केभी विद्युत् प्रसारण लाइनमा अवरोध गर्ने स्थानीयवासीले चेतावनी दिएका छन् । लमजुङको उदिपुरदेखि मनाङको तालसम्म निर्माण गर्न लागिएको २२० केभी विद्युत् प्रसारण लाइन प्रभावितको माग पूरा नभएसम्म विद्युत् प्रसारण लाइन निर्माण हुन नदिने गठित संघर्ष समितिले चेतावनी दिएको हो ।
यसअघि उदिपुर–भुलभुले १३२ केभी विद्युत् प्रसारण लाइनबाट प्रभावित भएकाहरूबाटै उक्त समिति गठन गरिएको थियो । एक सय ३२ केभी लाइन निर्माणका क्रममा मुआब्जालगायतका विषयमा असन्तुष्ट भई आन्दोलन गर्दै आएको समितिले सोही प्रक्रियामा २२० केभी निर्माण हुन लागेको भन्दै अवरोध गर्न लागेका हुन् । आफूहरूको पहिलाकै माग पूरा नभएकाले सो माग पूरा नभएसम्म काम अघि बढ्न नदिने संघर्ष समितिका सचिव चन्द्रबहादुर मिश्रले बताउनुभयो ।
समितिले विद्युत् प्रसारण लाइनबारे सरोकारवालाबीच सार्वजनिक सुनुवाइ र वातावरणीय प्रभाव मूल्याङ्कन सार्वजनिक गर्न माग गरेको छ । यसैगरी तारमुनि रहेको जग्गामा घर निर्माण गर्न नमिल्ने, बेचबिखन हुन नसक्ने र बैङ्कलगायत कुनै पनि वित्तीय संस्थाले धितोमा नलिने हुँदा उक्त जग्गाको सबै कित्ताको पूर्ण मुआब्जा र क्षतिपूर्ति उपलब्ध गराई लागत कट्टा गराउन माग गरेको छ ।
विश्व बैङ्कको लगानीमा नेपाल सरकारले लमजुङको उदिपुरदेखि मनाङको तालसम्म २२० केभीको विद्युत् प्रसारण लाइन निर्माण गर्न लागेको हो । उक्त परियोजनाले आगामी १० गते मस्र्याङ्दी गाउँपालिकाको भुलभुलेमा सार्वजनिक सुनुवाइ गर्ने बताएको छ । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल