• Today :
    Friday, November 24, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

ग्लोवल साकोसको ४४ करोड २५ लाखको कारोबार


९ कार्तिक, बेसीशहर । लमजुङ सदरमुकाम बेसीशहरमा रहेर वित्तिय कारोवार गर्दै आएको ग्लोवल वचत तथा ऋण सहकारी सस्थाले ४४ करोड २५ लाख बढीको कारोबार गर्न सफल भएको छ । संस्थाले आर्थिक वर्ष २०७३/०७४ मा ४४ करोड २५ लाख ७१ हजार १ सय ७१ रुपैया कुल कारोवार गरेको हो । जसबाट ६ लाख ४३ हजार ७४ रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ । बिहिबार भएको संस्थाको सातौ बार्षिक साधारणसभाका अवसरमा उक्त जानकारी गराइएको हो । 
अघिल्लो आर्थिक वर्ष ०७२/०७३ मा २२ करोड ९६ लाख ९० हजार २ सय ३८ रुपैया कुल कारोवार भएकोमा ०७३/०७४ मा ९३ प्रतिशत बृद्धि भएको सस्थाका प्रवन्धक भरत गैरैले बताए ।
सस्थाको शेयर पुँजी ६४ लाख ८६ हजार ८ सय रहेको छ भने ऋण लगानी ५ करोड ५० लाख ६६ हजार ७ सय रुपैया रहेको सस्थाका कोषाध्यक्ष राजेन्द्र बानियाँले बताए । बचततर्फ भने ३७ करोड ७ लाख ५३ हजार ६ सय ५५ रुपैया रहेको छ ।  
कुल १ हजार ६ सय १३ जना शेयर सदस्य रहेको ग्लोवल साकोसले आई.एम.ई, वेस्र्टन युनियन, सिटी एक्सप्रेस, मनिग्राम, हिमाल, प्रभु, आई पे रिलायबल, बेस्ट, समसार र यस रेमिट सञ्चालन गरि सेवा प्रदान गर्दै आएको छ । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल