• Today :
    Friday, November 24, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

शिक्षकको दरबन्दी मिलान स्थानीय सरकारबाटै, सञ्चालन ऐन सहित


 
१० कार्तिक, काठमान्डौ । सामुदायिक विद्यालयमा लामो समय देखि हुन नसकेर अस्तब्यस्त बनेको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलानको काम स्थानीय सरकारबाटै हुने भएको छ । हालै जारी भएको स्थानीय सरकार सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको स्थानीय सरकार सञ्चालन ऐनमा उक्त ब्यवस्था गरिएको हो ।
ऐनको परीच्छेद तीनमा आधारभूत तथा माध्यमिक शिक्षा अन्र्तगत दरबन्दी मिलानको अधिकार स्थानीय सरकारमै हुने ब्यवस्था गरिएको छ ।
विद्यार्थी र शिक्षक अनुपात नमिलेको तथा भनसुनका आधारमा शिक्षकहरु सुगम ठाउँमा केन्द्रित हुँदा शिक्षकको दरबन्दी मिलान चुनौती पूर्ण बन्दै आएको छ । यसकै प्रभाव स्वरुप कतिपय विद्यालयहरुमा विद्यार्थी भन्दा शिक्षक धेरै र कतिपय विद्यालयले विद्यार्थीको चाप भए पनि शिक्षक अभावको समस्या झेल्लै आएका छन्  ।
दरबन्दी मिलानका लागि यस अघि पटक पटक प्रयास र अध्ययन भएपनि कार्यान्वयन नहुँदा समस्या ज्यूँका त्यूँ छ । यस अघि २०७२ सालमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्राथमिक विद्यालयलाई विद्यार्थी संख्याको आधारमा र निम्न माध्यमिक तथा माध्यमिक विद्यालयलाई विद्यार्थी संख्या र बिषयगत आधारमा शिक्षक दरबन्दी मिलान गर्न निर्देशन दिएको थियो ।
माध्यमिक तह सम्मको शिक्षाका अधिकार स्थानीय तह मातहत हुने संवैधानिक ब्यवस्थालाई कार्यान्वयन गर्न जारी उक्त ऐनमा गाउँपालिका तथा नगरपालिकाको काम कर्तव्य र अधिकार स्पष्ट पारिएको छ । गाउँपालिका तथा नगरपालिकाको एकल अधिकार संविधानको अनुसूची ८ मा उल्लेख भए अनुसार हुने गरी उक्त ब्यवस्था गरिएको हो । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल