• Today :
    Friday, November 24, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

स्थापना दिवसको अवसरमा वालगृहलाई नगद सहित खाद्यन्न सहयोग


 
१० कार्तिक, बेसीशहर । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको ६४ औँ स्थापना दिवसको अवसरमा तरुण दल लमजुङ क्षत्र नं. २ ले बेसीशहरमा रहेको बालगृहलाई खाद्यन्न सहयोग गरेको छ । तरुण दलले एक कार्यक्रम गरी आदर्श महिला तथा वालविकास केन्द्रमा रहेका बालबालिकाका लागी ५ हजार नगद सहित रु.१२ हजार २ सय बराबरको खाद्यन्न सामाग्री सहयोग गरेको हो । 
सो अवसरमा बोल्दै तरुण दल क्षत्र नं. २ का सभापति खुसीजंङ गुरुङले नेपाली समाजलाई संमृद्धि र आधुनिक समाजमा रूपान्तर गर्नका लागि स्वाभिमानी, कर्तव्यशील र परिश्रमी पुस्ताको जग तरुण भएकाले अवको नेतृत्व यूवा पुस्ताले पाउनुपर्ने बताउनुभयो । समाजमा विद्यमान सामाजिक कुरिति, सामन्ती सोचाई र संस्कार विरूद्ध तरुणहरुको संघर्ष कायम रहने भन्दै उहाँले तरुणले चाहे स्वतन्त्र, समुन्नत, भयमुक्त र समतामूलक समाजको निर्माण गराउन सक्ने दावी गनुभयो । 
यस वालगृहमा रहेका यी वालवालिका पनि भोलीको समाज रुपान्तरणकै तरुण पुस्ता भएको भन्दै यीनीहरुको हौलसा बढाउन अहिलेको तरुण पुस्ता सजक हुनुपर्ने उहाँको भनाई थियो । 
मुलुकलाई आर्थिक, सामाजिक क्रान्तिको बाटोबाट लोकतान्त्रिक एवं समतामूलक संस्कृतियुक्त राज्य व्यवस्थातर्फ लैजान जननायक बी. पी. कोइरालाको मूल प्रेरणामा २०१० कार्तिक १० गते नेपाल तरूण दलको गठन भएको हो ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल