• Today :
    Friday, November 24, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

जिल्ला सामुदायिक अस्पतालमा सञ्चालित २ दिने दन्त शिविरमा ३ सय ५५ जना लाभान्वित


१० कार्तिक, बेसीशहर । जिल्ला सामुदायिक अस्पताल बेशीसहरमा सञ्चालित २ दिने निशुल्क दन्तशिविरमा ३ सय ५५ जना लाभान्वित भएका छन् । एचडीसीएस जिल्ला सामुदायिक अस्पतालको आयोजना र धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको अस्पतालले जनाएको छ ।
शिविरमा दात उखेल्ने स्केलीङ, दाँतको भित्री दुखाइको परिक्षण दात सफा गर्ने, निशुल्क औषधि, मुखमा हुने समस्या सम्बन्धी परामर्श दिइएको दन्त विशेषज्ञ डा. विनय भण्डारीले जानकारी दिनुभयो ।
विशेषगरी दात किराले खाएका बिरामीहरु उखेल्नको लागि आएको डा भण्डारीले बताउनुभयो । उपचारका लागि आएकाहरु बालबालिकाहरु र ५० वर्ष माथिका बृद्धबृद्धाहरु बढी रहेका छन् ।
दन्तरोग विशेषज्ञ सहित सातजना स्वास्थ्यकर्मीको टोली शिविरमा खटिएका छन । शिविरको पहिलो दिन बिहिबार  २०० जना भन्दा बढीले सेवा लिएका थिए भने दोस्रो दिन शुक्रबार  डेढ सय जनाले सेवा लिएका थिए । 
लमजुङका दुर्गम तथा सहरी क्षेत्रका बासीन्दालाई लक्षीत गरी निशुल्क दन्त शिविरको आयोजना गरीएको अस्पतालका प्रशासन प्रमुख युवराज देवकोटाले बताउनुभयो ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल