• Today :
    Friday, November 24, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

लमजुङमा १० मतदान केन्द्र थप, आगामी निर्वाचनमा ९ हजार ४ सय ५७ मतदाता थपिए


 
१५ कार्तिक, बेसीशहर । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि लमजुङमा १० मतदान केन्द्र थप गरी १ सय ६५ मतदान केन्द्र कायम गरिएको छ । 
स्थानीय तहको चुनावको लागि १ सय २३ मतदान स्थल र १ सय ५५ मतदान केन्द्र कायम गरिएको थियो । पछिल्लो पटक ९ हजार ४ सय ५७ जना मतदाता थपिएकाले मतदान केन्द्र बढाइएको जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख तुलसीप्रसाद तिमिल्सेनाले बताउनुभयो । 
स्थानीय तह चुनावमा १ लाख ५ हजार ९ सय ९२ मतदाता रहेको लमजुङमा पछिल्लो समय त्यो संख्या बढेर १ लाख १५ हजार ४ सय ४९ पुगेको हो ।
एक मतदान केन्द्र बराबर १ हजार ६४ जना मतदाताले मतदान गर्न मिल्ने प्रावधान रहेको र सो संख्या भन्दा बृद्धि भए क्रमशः मतदान केन्द्र बढाइने निर्वाचन कार्यालयले जनाएको छ ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल