• Today :
    Friday, November 24, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

खुट्टामा गम्भीर चोट लागेका गुरुङ उपचारका लागी सहयोग खोज्दै


खुट्टामा गम्भीर चोट लागेका मस्र्याङ्दी गाउपालिका ४ काभ्रे रामबजारका मनिराज गुरुङको उपचारमा समस्या देखीएको छ । ५ बर्ष अघि खेतमा काम गरी घर फर्कने क्रममा बाटोमा लडी दाहिने खुट्टामा गम्भीर चोट लागेको थियो ।  
दुई महिना सम्म औषधी प्रयोग गरेका गुरुङले थप उपचारका लागी आर्थिक अबस्था कमजोर भएका कारण औषधी खर्च जुटाउन सकेका थिएनन् ।  औषधी प्रयोग गर्न छाडेपछि २४ बर्षिय गुरुङको दाहिने खुट्टा खुम्चन नमिल्ने गरी निस्कृय भएको गुरुङका बुवा पंच गुरुङले बताउनुभयो । 
गुरुङको उपचार गर्नका लागि यतिबेला मस्र्याङदी गाउपालिका ४ वडा कार्यलय, बाघेता युनाइटेड क्लब, आमा समूह, युवा क्लब, देश विदेशमा रहेका दाजुभाई दिदिबहीनीहरुले सहयोग गर्न थालेका छन् । मनिराजको उपचारका लागि सहयोग संकलन अभियान मंगलबारबाट शुरु भएको स्वंय मनिराजले बताउनुभयो । 
आर्थिक समस्याले आफ्नो उपचार नभएका कारण दुख ब्यक्त गर्दै गुरुङले सहयोगका लागि सबै सँग आग्रह गनुभएको छ । हालसम्म सहयोग रकम ३५ हजार ३ सय ५० रुपैया संकलन भएको छ । गुरुङलाई आवश्यक सहयोग गर्न इच्छुक जो कोहिले सामुदायिक रेडियो मस्र्याङ्दीको कार्यालयमा वा ०६६५२०५४७ फोन सम्पर्क गर्न सक्नुहुनेछ ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल