• Today :
    Saturday, August 19, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

मृगौला पिडित घलेलाई अमेरिकाबाट आर्थिक सहयोग


 
६ जेठ, काठमान्डौ । 
अमेरिकामा रहेका नेपाली दाजुभाई दिदिवहिनीहरुले लमजुङकी  मृगौलापिडित खुशमाया घलेलाई आर्थिक सहयोग गरेका छन् । दुवै मृगौला खराबभएर उपचार गराइरहेकी लमजुङ बाहुनडाँडा ५ कि घलेलाई नगद दुई लाख पैतालिस हजार पाँचसय रुपैँया सहयोग गरिएको हो । 
बाहुनडाँडा घर भै हाल अमेरिकाको न्यूयोर्क शहरमा कार्यरत देविजंङ  गुरुङ र न्यूयोर्कमा कार्यरत शान्त अधिकारी घिमिरेको पहलमा करिब ६० जना नेपालीहरुले उक्त रकम पठाएका हुन् । सो रकम शनिबार काठमाडौंमा रेडियो मस्र्याङदीका सचिव प्रेमकुमारी घले, समाजसेवी कमलराज गुरुङ र चिजकुमारी  गुरुङले संयुक्त रुपमा पिडित घले र उहाँको श्रीमान महेन्द्र घलेलाई हस्तान्तरण गर्नुभएको हो । सहयोग पाएपछि खुसी भएका घले दम्पतीले सहयोगदाताहरुलाई धन्यवाद दिएका छन् ।
घलेको कान्तिपुर नेशनल डायलसिस सेन्टर काठमाडौंमा उपचार भैरहेको छ । अहिले हप्तामा ३ पटक डायलसिस गरिरहेको र डायलसिस सरकारले निशुल्क गरेको पनि घलेले बताउनभयो । उहाँका अनुसार घरको आर्थिक अवस्था कमजोर भएको र उपचारकालागि काठमाडौंमा डेरा गरि बस्नुपर्ने भएकाले सहयोगको खाँचो छ ।