• Today :
    Friday, November 24, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

खेलकुदको प्रबद्र्धनमा जुट्दै सार्क भिलेज घलेगाउँ !


निरज अधिकारी
१९ कार्तिक, लमजुङ । सार्क भिलेजको रुपमा परिचित लमजुङको घलेगाउँका बासिन्दा पर्यटन प्रबद्र्धन सँगै खेलकुदको प्रबद्र्धनमा समेत जुटेका छन् । गाउँमा सहयोग भित्रयाएर बास्केटबल, भलिबल र ब्याडमिन्टन कोर्ट निर्माण गरिएको छ । संगै स्पोर्टस् भवन निर्माण गरिएको छ ।
क्व्होलासोंथर गापा ३ मा पर्ने घलेगाउ“मा आउने पर्यटक तथा स्थानीय युवालाई लक्षित गरी खेलकुद मैदान निर्माण गरिएको हो । यस्तै, फुटवल खेल मैदानको स्तरोन्नति पनि गरिएको छ । 
कूल ४३ लाख २२ हजार ५ सय ५ रुपैया“ लगानीमा खेलकुद संरचनाको निर्माण गरिएको हो । खेलकुद संरचना निर्माणका लागि विदेशबाटमात्रै ३५ लाख ६७ हजार ६ सय ९८ रुपैया“ सहयोग भएको छ । यसमा बेलायतबाटमात्रै २८ लाख २० हजार ८ सय १६ रुपैया“ सहयोग प्राप्त भएको तिजे उत्तरकन्या स्पोर्टस क्लवका सविच आशबीर गुरुङले जानकारी दिए । 
खेलकुद संरचना निर्माणका लागि बेलायतसंगै हङकङ, अमेरिका, फान्स, अष्ट्रेलिया, दुबई, साउदी, बेल्जियम, दार्जिलिङ लगायत ठाउ“बाट सहयोग प्राप्त भएको उनले बताए । यस्तै, पर्यटन बोर्डबाट ६ लाख, घलेगाउ“स्थित चियापत्ति ब्यवस्थापन समितिबाट १ लाख र तारागाउ“ विकास समितिबाट १ लाख रुपैया“ सहयोग भएको छ । गाउँमा आउने पर्यटकलाई समेत लक्षीत गरेर खेलकुद प्रबद्र्धनमा जुटेको ग्रामीण घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले बताए । 
घलेगाउ“मा निर्माण गरिएको खेलकुद संरचनाको एमाले केन्द्रीय सचिव एवं पूर्व मन्त्री पृथ्वीसुब्बा गुरुङ र संविधान सभा सदस्य जमिन्द्रमान घलेले उदघाट्न गरे । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल