• Today :
    Friday, November 24, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

पर्यटन प्रबद्र्धनका लागी बेसीशहरमा ४ ओटा पार्क बन्ने


 
निरज अधिकारी, बेसीशहर । लमजुङ सदरमुकाम समेत रहेको बेसीशहर नपाभित्र आन्तरिक र बाह्य पर्यटकलाई लक्षीत गरी ४ ओटा पार्क निर्माण गरिने भइएको छ । नगरपालिकाका मुख्य पर्यटकीय स्थलहरुलाई लक्षीत गर्दै कर्पुरेश्वर पार्क, गाउँशहर चण्डी पार्क, गौथली डाँडा पार्क र मदन आश्रित पार्क निर्माण गर्न लागीएको नगरपालिकाले जनाएको छ । 
४ ओटा पार्क अन्तर्गत कर्पुरेश्वर पार्क निर्माणको चरणमा रहेको र थप व्यवस्थितका लागी १८ लाख ३८ हजार बजेट विनियोजन गरिएको नगर प्रमुख गुमानसिंह अर्यालले बताए । उनका अनुसार अन्य पार्कहरु निर्माणको काम पनि अगाडी बढीरहेको छ ।
अन्य पार्क अन्तर्गत गाउँशहर चण्डी पार्क निर्माणका लागी ५ लाख, गौथली डाँडा पार्क निर्माणको लागी ५ लाख र मदन आश्रित पाक निर्माणको लागी पनि ५ लाख रुपैँया विनियोजन भैसकेको छ ।
यस्तै ५ लाख कै लगानीमा काफलस्वारा वाल उद्यान निर्माण कार्य अघि बढेको छ । बेसीशहर नपा–२ भकुण्डेमा रहेको तालफाँटको ताल संरक्षणका लागी ५ लाख छुट्याइएको छ, भने आन्तरिक पर्यटकको रोजाई बन्दै गएको गाईखुरे छहराको विस्तृत ड्रवाईङ डिजाइनका लागी १ लाख ५० हजार छुट्याइएको नगरपालिकाले जनाएको छ । यहाँका पर्यटकीय स्थलको प्रबद्र्धन गर्दै पर्यटन प्रबद्र्धनमा थप आयम थप्ने योजना अनुरुप अघि बढेको नगर प्रमुख अर्यालले जानकारी दिए ।  
क्याप्सन : निर्माणको चरणमा रहेको कर्पुरेश्वर पार्क ।
 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल