• Today :
    Friday, November 24, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

साख जोगाउन वैकल्पीक पदमार्ग


 
निरज अधिकारी-
२१ कार्तिक, बेसीशहर । विश्वविख्यात अन्नपुर्ण चक्रिय पदयात्रा साख जोगाउन लगि वैकल्पीक मार्गको शुरुवात गरिएको छ । हिमाली जिल्ला मनाङसम्म मोटरबाटो निर्माण भएर पदयात्रामा प्रभाव पर्न थालेपछि मनाङ–लमजुङ होटल व्यवसायी समितिले बैकल्पीक पदमार्ग निर्माण शुरु गरेको हो । 
अहिलेको अन्नपुर्ण पदमार्गमा मोटरबाटोको कारण अवधी छोटिंदै जानु र सवारीकै कारण पदयात्रामा अनेक समस्या आउन थालेपछि नयाँ विकल्प खोजिएको मनाङ–लमजुङ होटल व्यवसायी समिति सचिव पुर्णबहादुर गुरुङले बताए ।
पदमार्ग छोटिदा र सवारी समस्याका कारण पर्यटकको संख्या अघिल्ला वर्षको अनुपातमा बढ्न सकेका छैनन् गुरुङले भने, ‘अनुपातमा पर्यटक घट्दै गएका कारण उनीहरुलाई आकर्षित गर्न नयाँ मार्ग शुरुवात ग¥यौँ, छिटै पूर्णता पनि पाउनेछ् ।’ 
पैदलयात्रा मार्गको निर्माण र सुरुवातसँगै यस क्षेत्रमा रहेका पर्यटकीय क्षत्रको प्रचारप्रसार र नयाँ पर्यटकीय गन्तब्यको खोजीमा समेत लागीपरेको वैकल्पीक पदमार्ग अभियान्ता एवं पर्यटन व्यवसायी त्रिपल टी गुरुङले बताए । उनले भने, ‘वैकल्पीक पदमार्गसँगै नयाँ गन्तब्यको प्रवद्र्धन गर्छौ, पदमार्गको पहिलेको साखलाई जिवीत राख्दै विश्वभर सकरात्मक प्रभाव पार्नु र स्थानियमा आर्थिक समृद्धि ल्याउने लक्ष्य छ ।’ 
लमजुङ सदरमुकाम बेशीसहरको पुमाखोलाबाट मस्र्याङदी गाउँपलिकाको खुदीसम्म वैकल्पीक पदमार्ग निर्माण भईसकेको छ । उक्त पदमार्गमा पर्यटन बोर्डको सहयोगमा पर्यटकीय पथ–प्रदर्शक सूचना राख्नुको साथै, सिँडी लगाउने, जोखिमस्थानमा जाली लगाउने, खोलामा काठेपुल राख्ने जस्ता काम गरिएको छ ।
खुदीदेखि–वाहुनडाडाँ, स्यागे हुँदै मनाङको विभिन्न गाउँहरुलाई जोडेर पदमार्ग निर्माणाधिन अवस्थामा रहेको पनि समितिले जनाएको छ । पदयात्रा छोट्टिएसँगै पदमार्ग अन्तर्गत धरापमा रहेका व्यवसायिहरु पनि वैकल्पीक पदमार्ग सञ्चालनमा आएपछि उत्साहित भएका छन् । वैकल्पीक मार्ग सञ्चालनमा आएसँगै व्यवसाय फष्टाउने उनिहरुको विश्वास छ ।
सदरमुकाम बेसीशहर भएर बार्षिक २५ हजारको हाराहारीमा पर्यटकहरु अन्नपुर्ण पदमार्गमा आउने गर्दछन् । पहिले–पहिले बेसीशहरबाट शुरुभएको अन्नपुर्ण पदयात्रा मनाङ, मुस्ताङको मुक्तीनाथ, जोमसोम, म्याग्दी हुँदै २१ दिनमा पोखरामा टुँगीन्थ्यो । पछिल्लो समय दुवैतर्फबाट मोटर सञ्चालन भएपछि २१ दिनको यात्रा एक सातामा टुँगीने गरेको छ ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल