• Today :
    Friday, November 24, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

लागु औषध सहित तीन पक्राउ


 
२२ कार्तिक, बेसीशहर । लमजुङ प्रहरीले लागुऔषध सहित तिन जनालाई पक्राउ गरेको छ । सुन्दरवजार नपा –९, सिउँडीबारबाट एक भारतीय नागरिक सहित दुईजनालाई पक्राउ गरेको हो । 
प्रहरीले गस्तीका क्रममा सिउडीबारबाट भारत मोतियारका असरफ अली र सुन्दरवजारका विकास न्यौपानेलाई लागुऔषध सहित पक्राउ गरेको हो । 
शंकास्पद अवस्थामा रहेका तीनै जनालाई नियन्त्रणमा लिई छानविन गर्दा उनिहरुको साथबाट लागुऔषध भेटिएको थियो ।उनिहरुको साथबाट दुईसय एमएल मात्राका डाईजोपाम, फेनारगन र नुफिनको एक एक गोटा वरामद गरेको छ । अलीको साथबाट ११ ग्राम गाँजा र Rifa i-6E नाम उल्लेख भएको ५६ गोटा ट्याव्लेट पनि बरामद गरेको प्रहरीले जनाएको छ । 
पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान गरी कारवाहि अघि बढाईने प्रहरी नायव उपरिक्षक पदमबहादुर विष्टले बताउनुभयो । उनीहरुलाई बुधबार जिल्ला अदालत लमजुङवाट हिसारतमा राखी अनुसन्धान गर्न १० दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका मुद्धाफाटका प्रहरी जवान दिपक गीरीले जानकारी दिनुभयो ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल