• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

१ करोड २० लाख लागतमा ३ सय घरमा ‘एक धारा’


 
निरज अधिकारी
६ मंङ्सिर, बेसीशहर । यहाँको बेसीशहर नपा –२ भकुण्डेका  प्रत्येक घरमा एक धारा जडान गरिने भएको छ । 
‘एलडिएस्सी’ तथा च्वाईस नेपालको १ करोड २० लाख सहयोग र स्थानीयको साझेदारीमा संचालन हुन लागेको खानेपानी आयोजनाबाट भकुण्डे, धुपिचौर, थुम्का, च्यामिरे, आरुवोटे, डाँडाथोकलगायतका क्षेत्रका करिब ३ सय घरमा एक घर एक धारा जडान गरिने भएको हो । 
अव्यवस्थित रुपमा रहेको खानेपानीलाई व्यवस्थित रुपमा संचालन गर्न कूल ३ लाख ५० हजार लिटरको ३ वटा ट्याङ्की निर्माणगरी एक घर एक धाराको अवधारणलाई अगाडि बढाउन लागिएको च्वाईस नेपालले जनाएको   ।
उक्त खानेपानी आयोजनमा श्रमदान गर्न अमेरिकाबाट आएका १७ जनाको टोलीलाई भकुण्डेका स्थानियले नाचगानसिहत स्वागत गेरेका थिए । च्वाईस नेपालका संस्थापक ८३ बर्षीय डाक्टर जेम्स मेफिल्डको नेतृत्वमा रहेको टोलीले ४ दिनसम्म आयोजना संचालन गर्ने क्षेत्रमा बसेर श्रमदान गर्ने कार्यक्रम रहेको उपभोक्ता समितिका अध्यक्ष गोविन्द खडकाले जानकारी दिए । खानेपानी धाराको व्यवस्थित तयारी थालिएसँगै स्थानीयबासी हर्षित छन् । च्वाईस नेपालले यसअघि पनि जिल्लाको शिक्षा, खानेपनी लगाएतका समाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको च्वाइस नेपालका कार्यक्रम निर्देशक किरण न्यौपानेले बताए । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल