• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

लमजुङमा मतदानका लागी १२ सय कर्मचारी खटिए


 
निरज अधिकारी-
६ मङ्सिर, बेसीशहर । पहिलो चरणमा निर्वाचन हुने पहाडी जिल्ला लमजुङमा आवश्यक निर्वाचन सामग्रीसहित  कर्मचारी चुनावमा खटिएका छन् । मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाका लागि मतदान अधिकृतसहितको टोली गाउँ खटिएका हुन् । जिल्लाका एक हजार २ सय ६६ जना कर्मचारी चुनावका लागी खटिएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचर्यले बताए । उनीहरुलाई सुरक्षाकर्मीसहित मतदान केन्द्रहरुमा खटाइएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्तिपत्र, मतपत्र र पेस्की रकम लिई जिल्ला निर्वाचन कार्यालयबाट मतपेटिका तथा मतदानकार्यमा चाहिने ६४ प्रकारका सामग्री लिएर कर्मचारी गाउँ खटिएका हुन् । 
जस्मा मतदानका लागि मतदाता नामावली, मतपत्र, भोट हाल्न स्वस्तिक छाप, मसी, मतपेटिका, मतदान सकिएपछि मतपेटिका बन्द गर्ने लाहा, त्यसलाई बाँध्ने डोरी, मैनबत्ती, कागज टाँस्ने ग्लुस्टिक, डोरी काट्न कैंची वा ब्लेड, सुरक्षण सिल, मतपेटिका हाल्न कपडाको थैलो, थैलो बन्द गर्न सियो धागो लगायतका निर्वाचन सामग्री हुनेछन् । यस्तै बोरा सिलाउन सियो, नामावली रुजु गर्न डटपेन, कागजी तथ्यांक संकलन गर्न स्ट्याप्लर, स्ट्याप्लर पिन, नाप्ने टेप, लाइटर, सलाई, टर्च लाइट, झोला, प्राथमिक उपचारका सामान र औषधी, प्लास्टिकका थैला, बोरा, कपडा, नउड्ने मसी लगायतका सामाग्री मतदान केन्द्रमा हुन्छ ।
जिल्लाका १ सय ६५ मतदान केन्द्रमा  ८ जना कर्मचारी रहनेगरी १ हजार २ सय ६६ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत आचर्यले बताए । उनका अनुसार १ सय ६५ जना मतदान अधिकृत र उत्तीकै सङ्ख्यामा सहायक मतदान अधिकृत खटिएका छन् । 
जिल्लाका १ सय ६५ मतदान केन्द्रमा ६ सय ४७ जना सहायक कर्मचारी र २ सय ८९ जना कार्यालय सहयोगी निर्वाचनको लागी खटिएको जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद तिमील्सीनाले बताए । उनका अनुसार जिल्लाका १ सय ६५ मतदान केन्द्रमा १० जना महिला मतदान अधिकृत र ४० जना सहायक मतदान अधिकृत गरी जम्मा ३ सय ७० जना महिला र ८ सय ९६ जना पुरुष कर्मचारी निर्वाचनमा खटिएका छन् ।
मतदान अधिकृतमा १३ जना जिल्ला शिक्षा कार्यालयका स्रोतब्यक्ति, २३ जना मावि शिक्षक र २ सय ३१ जना प्रावि शिक्षक निर्वाचनमा खटीएको समेत मुख्य निर्वाचन अधिकृत आचर्यले जानकारी दिए ।
  ४ नगरपालिका र ४ गाउँपालिका रहेको लमजुङमा १ सय २३ मतदानस्थल रहेका छन् । जसमध्य १८ वटा मतदान स्थललाई सुरक्षा जोखिम मान्दै अति संवेदनशिल क्षेत्र तोकिएको छ । सो बाहेक जिल्लामा ८० वटा मतदानस्थल संवेदनशिल र बाँकी २५ मतदानस्थललाई सामान्य मानिएको सुरक्षा समिति लमजुङले जनाएको छ ।  
अति संवेदनशिल क्षेत्रकालागि विशेष सुरक्षा व्यवस्था मिलाईएको र निर्वाचनलाई भयरहित, निष्पक्ष बनाउन सुरक्षाको दृष्टिकोणबाट कुनै कमी हुन नदिने प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले बताए । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल