• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

चुनाव अवधिभर मनाङमा आन्तरिक पर्यटक छिर्न रोक


दिउसो ३ बजेदेखि सवारी साधन मनाङ प्रवेश बन्द
निरज अधिकारी-
६ मङ्सिर, लमजुङ । हिमालपारीको जिल्ला मनाङमा निर्वाचन अवधिभर आन्तरिक पर्यटकलाई प्रवेश गर्नमा रोक लगाईएको छ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा उच्छृङ्खल गतिविधि नहोस् भन्न हेतुले चुनाव अवधिभरको लागि आन्तरिक पर्यटकलाई प्रवेश निषेध गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । 
निकै शान्तपूर्ण तवरबाट चुनावी गतिबिधी सञ्चालन भैरहेको मनाङमा बाहिर जिल्लाबाट नागरिकहरु छिरेर वातावरणलाई अशान्त बनाउनसक्ने भन्दै जिल्ला निर्वाचन कार्यालय मनाङ र जिल्ला प्रशासन कार्यालय समेतको सहकार्यमा उम्मेदवारहरुसँग छलफल गरी यस्तो निर्णय गरिएको नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधी सभा उम्मेदवार टेक बहादुर गुरुङले बताए । 
निर्वाचनको लागि ५ दिन मात्रै बाँकी रहँदा त्यहाँ केही उच्छृङ्खल गतिविधि गर्ने केही युवाहरु मनाङमा प्रवेश गरेपछि प्रशासनले यस्तो निर्णय गराएको हो । झण्डै दुई दर्जन युवाहरुलाई प्रशासनले मनाङबाट फिर्ता समेत पठाईसकेको छ । 
झण्डै ६० प्रतिशत मतदाताहरु काठमाडौंमा रहेको मनाङका मतदाताहरुलाई भोट हाल्न आउँदा नागरिकता वा सरकारले प्रमाणित गरेको परिचयपत्र लिएर आउन आग्रह गरेको छ । उनीहरुलाई पनि परिचयपत्र देखाएर मात्रै जिल्ला प्रवेश गर्न दिईने भएको छ । यस्तै चुनावमा हुने सडक सुरक्षालाई मध्यनजर राखेर बेसीसहर–चामे सडकमा दिउ“सो ३ बजेदेखि सवारी साधनलाई मनाङ जान रोक लगाएको छ ।
हिमालपारी जाने एकमात्र उक्त सडकमा दिउ“सो ३ बजेदेखि बेंसीसहरबाट सवारी छुटाउन स्थानीय प्रशासनले रोक लगाएको हो । चुनावका बेला भीडका भीड सवारी चल्न सक्ने, कच्ची सडक र रातको समय हि“ड्दा सुरक्षाका दृष्टिकोणबाट पनि संवेदनशील देखिएकाले मनाङ जाने यातायातलाई दिउ“सो ३ बजेदेखि नपठाउने निर्णय गरेको लमजुङका प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले बताए । उक्त निर्णय गर्नुअघि प्रशासनले यातायात ब्यवसायी, होटल ब्यवसायी, राजनीतिक दल लगायत सरोकारवालासंग छलफल गरेको थियो । 
मनाङ प्रशासनले भने, राती ८ बजेदेखि धारापानीबाट बेंसीसहरबाट मनाङ वा मनाङबाट बेंसीसहर जाने सवारी रोक्दै आएको छ । लमजुङ प्रशासनले ब्यवसायी, राजनीतिक दलसंगको छलफलपछि हरेक होटलमा आउनेको रेकर्ड राख्न र शंकास्पद ब्यक्ति आए प्रहरीमा खबर गर्न आग्रह गरेको छ । 
राती भएपछि निस्कने र दिनभरी कोठामा बस्ने मान्छे आए खबर गर्न प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले उद्योग तथा होटल ब्यवसायीलाई आग्रह गर्नुभएको छ । स्थानीय प्रशासनले चुनाव अवधिभर मदिरा विक्रीवितरण र सेवनमा समेत रोक लगाएको छ । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल