• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

आचारसंहिताको धज्जी उडाउँदा पनि निर्वाचन कार्यालय मौन


 
बेसीशहर, ९ मंसिर । मंसिर ७ गते राती १२ बजेदेखि मौन अवधी सुरु भएपनि जिल्लाका केही राजनितिक दलहरुले यसको धज्जी उँडाएका छन् । जिल्लामा बाम गठवन्धनका उम्मेदवारले हरुले निर्वाचन आचारसंहिताको धज्जी उँडाएका हुन् । निर्वाचन सुरु हुन २० घण्टा पनि समय बाँकी नरहेको अवस्थामा बामगठवन्धनका उम्मेदवार देव प्रसाद गुरुङलाई जिताउन भन्दै पत्रकार सम्मेलनको आयोजना गरिएको छ । 
जनसमाजवादी पार्टीका प्रतिनिधी सभा उम्मेदवार निराजन कुँवर, प्रदेश सभा क का उम्मेदवार बुद्धिमान परियार र प्रदेश नं. ख का उम्मेदवार हर्केसार्कीले संयुक्त विज्ञप्ती जारी गरि बाम गठवन्धनका उम्मेदवार देव प्रसाद गुरुङ, पृथ्वी सुव्वा गुरुङ र धनन्जय दवाडीलाई विजयी गराउन आफूहरुले सहयोग गर्ने बताएका छन् । 
आचारसंहिताको धज्जी उँडाउँदै दलका उम्मेदवार र गठवन्धनले पत्रकार भेटघाट गरि मत मागेपनि सरोकार वाला निकाय चुप देखिएको छ । 
घटनाको विषयलाई लिएर नेपाली काग्रेस लमजुङले आचारसंहिता उलङ्गघन गरेको भन्दै कार्बाहिको माग गरेको छ । नेपाली काग्रेसका जिल्ला सचिव हरि वरालद्धारा जारी विज्ञाप्तीमा भनिएको छ ‘ मौन अवधिको समयमा कुनै पार्टीको कार्यक्रम गर्न नहुने अवगत भएतापनी कानुनको ध्वाजी उडाउदै पत्रकार भेटघाट गर्नु आचारसंहिता विपरीत हो । यसलाई कारवाहीको दायरामा ल्याउनु आवश्यक छ । ’
निर्वाचनको एक दिन पनि बाँकी नरहँदा पत्रकार भेटघाट गरि अफ्ना पक्षमा मत माग्ने प्रयास गर्नुले  कतिपय नागरिकहहरुले आयोगको निष्पक्षमतामा प्रश्न उठाएका छन् । 
 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल