• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

मत परिणाम कुर्दै नेता, विकास कुर्दै जनता


आइतवार सम्पन्न पहिलो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतपेटीका सिलबन्दी गरेर बन्द कोठामा कैद गरिएको छ । मतपेटीका भित्र रहेका मतपत्रमा उम्मेदवारहरुको भविष्य पनि तालावन्दी गरेर राखिएको छ । राजनीतिक दल र उम्मेदवारहरु मतपरिणामको पर्खाइमा रहेका छन् । तर, लमजुङका जनता भने वर्षौंदेखि विकासको पर्खाइमा छन् ।
विगतका निर्वाचनहरुमा पनि जनताको समृद्धि र जिल्लाको विकासलाई प्रमुख एजेण्डा बनाउँदै भोट मागेका राजनीतिक दल र तिनका नेताहरुबाट विकासको चाहना पूरा हुन नसकेको गुनासो जनताले गर्दै आएका छन् । 
आइतवार सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा लमजुङबाट करीव ६७ प्रतिशत मत खसेको छ । गत वैशाखमा पहिलो चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ७३ प्रतिशत मत खसेको थियो । बिशेष गरी पूरानै मानसिकताका उम्मेदवारहरु चुनावी प्रतिष्पर्धामा रहनु, राजनीतिक दलहरुप्रति अस्वस्थ प्रतिष्पर्धा हुनु, जनअपेक्षा अनुसार काम हुन नसक्नु जस्ता कारणले जनताको मतदान प्रति अरुचि बढ्दै गएको बुझकारहरु बताउँछन् । 
‘भौगोलिक रुपमा विकट रहेको लमजुङ जिल्लाका अधिकांश स्थानमा अझैपनि विजुली र मोटरबाटो पुग्न सकेका छैनन् । कतिपय स्थानमा प्राथमिक तहको अध्ययनका लागि तीन घण्टासम्म पैदल हिड्नुपर्ने बाध्यता छ । यस्ता विकट गाउँहरुको विकासमा राजनीतिक दलहरुको ध्यान पुग्न नसक्दा जनताको विश्वास घटदै गएको छ ।
राजनीतिक दल र सरकारी निकायले वेवास्ता गरेपछि जिल्लाका कतिपय गाउँका वासिन्दाहरु, आमा समूह लगाएतले आफ्नै पहलमा मोटरबाटो, खानेपानी र विद्यालय जस्ता खर्चिला योजनाहरु समेत सम्पन्न गरेका उदाहरणहरु लमजुङमा छन् । 
पर्यटन, जलविद्युत, कृषि, वनपैदावरमा प्रशस्त सम्भावनाहरु रहेको लमजुङ जिल्लाका विकट ग्रामिण वस्तीहरुमा अहिलेसम्म पनि विद्युत सुविधा पुगेको छैन । मोवाइलको नेटवर्कले काम गर्दैन । टुकी र सोलारको भरमा साँझ र रात कटाउने बाध्यता छ । पर्यटकहरुका लागि पदमार्गको उचित विकास हुन सकेको छैन् । 
यस्ता अनगिन्ति समस्याहरुका बिचमा लमजुङ्गे जनताहरु रहेका भएपनि राजनीतिक दल, नेता र सम्वन्धित निकायले कुनै पहल नगर्दा जनता मत परिणाममा भन्दा पनि विकासको पर्खाइमा रहेका छन् । मत परिणामको पखाईमा रहेका उम्मेदवार र दलहरुले विकासको पर्खाइमा रहेका जनताको चाहनालाई पूरा गर्नुपर्ने दायित्व छ ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल