• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

२४ घण्टा मतपेटिका कुर्दै दलका प्रतिनिधि


 

गत आइतवार सम्पन्न चुनावका मतपेटिका कुर्न राजनीतिक दलहरुले कार्यतालिका बनाएका छन् । दलहरुले मतपेटिका सुरक्षाको लागि आआफ्ना टोली खटाएका छन् । प्राय महिलालाई दिउँसो र पुरुषलाई रातिमा मतपेटिका कुर्ने जिम्मेवारी दिइएको छ । 

दलका प्रतिनिधिले मुख्य निर्वाचन अधिकृतको कार्यायलको बाहिरी घेरामा बसेर मतपेटिका कुरिरहेका छन् । दलहरुले सबैको सहभागितामा मतपेटिका कुर्ने व्यवस्था मिलाएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार उम्मेदवार, नेता, महिला, युवालगायतका कार्यकर्ताले आलोपालो गरेर मतपेटिका कुरिरहेका छन् । 

जिल्ला समन्वय समितिको दुई वटा हल सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएका मतपेटिकालाई सुरक्षाकर्मीले कडा सुरक्षा दिइरहेका छन् । निर्वाचन आयोगले खटाएका कर्मचारी पनि मतपेटिकाको सुरक्षामा तल्लिन छन् । 

मतपेटिकाको सुरक्षामा विश्वस्त हुन कुरुवाको रुपमा प्रतिनिधि राख्नुपरेको दलहरुले बताएका छन् । ठूला दल कांग्रेस, एमाले र माओवादी केन्दका कार्यकर्ताहरु मतपेटिका कुर्न बसेपनि अन्य साना दलका कार्यकर्ताहरुको भने सहभागी छैन् । बिहान, बेलुकी र रातिको समयमा गरी छुट्टाछुट्टै कार्यतालिका बनाएर प्रतिनिधि खटाइएको नेपाली काङ्ग्रेस लमजुङका सभापति भेष बहादुर पौडेलले बताउनुभयो । 

दलहरुले आफ्ना सबै भ्रातृ तथा शुभेच्छुक संगठनका प्रतिनिधिलाई मतपेटिका कुर्ने जिम्मेवारी सुम्पेका छन् । निर्वाचन आयोगको अनुरोध अनुसार नै दलका नेता कार्यकर्ताले मतपेटिका कुर्ने व्यवस्था मिलाएका हुन् । दलहरुबीच आपसी विश्वासको वातावरण रहे पनि निवार्चनको संवदेनशीलता हेरेर मतपेटिका कुर्नुपरेको दलका नेताहरु बताउँछन् । 

 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल