• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

दोस्रो चरणको निर्वाचनपछि राधीको साधारण सेयर आउने


 
राधी जलविद्युत कम्पनीले प्रदेशसभा र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनपछि साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले निर्वाचनलगत्तै लमजुङमा सञ्चालित ४.४ मेगावाटको राधी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याइएको १५ प्रतिशत सेयर निष्कासन गर्न लागेको हो ।
 
सेयर निष्कासन गर्न कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ । कम्पनीले ६ करोड ६४ लाख रुपैयाँबराबरको ७ लाख ६४ हजार ५ सय ५० कित्ता सेयर निष्कासन गरेर बाँटफाट गरिने कम्पनीका प्रबन्ध सञ्चालक विनयकुमार भण्डारीले बताए । सेयर निष्कासक तथा बिक्री प्रबन्धकमा नविल इन्भेष्मेन्ट बैंकिङ लिमिटेडलाई तोकेको छ ।
कम्पनीले यसअघि गत वैशाखमा आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत सेयर निष्कासन गरेर बाँडफाँट गरिसकेको छ ।
राधीले २०७१ असारबाट विद्युत उत्पादन गर्दै आएको छ ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल