• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

उम्मेदवारको ‘ढुकढुकी’ मतपेटिकाभित्र, अडकलबाजीमा दिन कटाउँदै मतदाता


निरज अधिकारी-
१९ मंङसिर, बेसीशहर । लमजुङका ४ सय ९५ मत पेटिका जिल्ला समन्वय समितिको सभाहलमा कडा सुरक्षामा राखिएको छ । यता उम्मेदवार र उनका समर्थक भने मतपेटिकाभित्र कसको मत कति छ ? कसले चुनाव जित्छ ? भन्ने छटपटीमा रहेका छन् ।
मतदान सकिए पनि तुरुन्तै गणना नहुँदा जिल्लाका उम्मेदवार, तिनका समर्थक र मतदाता अन्यौलमा परेका छन् । बाकसभित्र बन्द रहेको मतपत्रले कस्को भाग्य फैसला गरेको छ भन्ने अड्कलवाजीमा उनीहरु समय कटाइरहेका छन् । 
मतपेटीका सदरमुकाममा कडा सुरक्षाबीच राखिए पनि गणनाको समय कुरेर बस्नुको विकल्प उनीहरुसँग छैन । बरु मतपेटिकासँगै उम्मेदवार र कार्यकर्ता सदरमुकाम ओइरिएका छन् ।
कुन ठाउँबाट कति मत आयो ? जित्ने हार्ने सम्भावना कस्तो छ ? भन्ने अड्कलबाजीको बहसमै चोक, चियापसलदेखि घरको चुल्होसम्म तातेको छ ।
लोकतान्त्रिक र बाम गठबन्धनका उम्मेदवारले प्रत्यक मतदान केन्द्रमा खटिएका आ–आफ्ना प्रतिनिधिलाई सोधेर आफ्नो पक्षमा कति मत खसेको छ भन्ने हिसाब निकालिरहेका छन् ।
केहि दिन देखि जिल्लामा ह्वात्तै बढेको जाडोको रन्को पनि चुनावी तातोमै मिसिएको छ । पारिलो घाम तापेर चुनावी परिणाम आंकलन गर्नु, आफ्नो अनुमान सही हुने दावी गर्नु समूह समूहमा रहेकाहरुको दिनचर्या बनेको छ ।
बिहीबार हुने दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि मात्र मतगणना थालिने हुँदा यो अड्कलबाजीमा होटलहरुको चिया नास्तापनि बिक्ने गरेको छ । बाम र लोकतान्त्रिक गठबन्धनकै बीचमा मूख्य प्रतिस्पधा रहेको लमजुङमा दुबै पक्ष जितको दावी गर्दैछन् ।
१० गते सम्पन्न मतदानमा करिब ६७ प्रतिशत मत खसेको यहाँ १ लाख १५ हजार ४ सय ४९ मतदाता मध्ये ७७ हजार ३ सय ४० मतदाताले मताधिकार प्रयोग गरेका थिए । मतगणना प्रक्रिया २१ गते साँझ ५ बजेदेखी चल्नेछ ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल