• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

यो वर्षको नारायणगोपाल स्मृति सम्मान राष्ट्रकवि घिमिरे सहित १२ जनालाई प्रदान


 
यो वर्षको नारायणगोपाल स्मृति सम्मान राष्ट्रकवि माधवप्रसाद घिमिरेसहित १२ जनालाई प्रदान गरिएको छ । उहाँसँगै वरिष्ठ संगीतकार एवं गायक सीके रसाइली, गीतकारहरु रत्नशमशेर थापा, कालीप्रसाद रिजाल, किरण खरेल, चेतन कार्कीलगायतलाई यो सम्मान प्रदान गरिएको हो ।
स्वरसम्राट नारायण गोपालको २७औं स्मृति दिवसका अवसरमा नारायणगोपाल संगीत कोषले आज काठमाडौंमा गरेको कार्यक्रममा संगीतकार तथा गीतकारहरुलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।
नेपाली गीत–संगीतको विकासको क्षेत्रमा उच्च योगदान र्पुयाएकाले उनीहरुलाई सम्मान गरिएको नारायणगोपाल संगीत कोषले जनाएको छ ।नारायणगोपालको निधनपछि नेपाली सुगम संगीतको विकासमा क्रियाशील गीतकार तथा संगीतकर्मीलाई नारायणगोपाल स्मृति दिवसको अवसरमा सम्मान गरिँदै आएको छ । सम्मानीत हुनुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरे लमजुङकै गहना हुनुहुन्छ । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल