• Today :
    Sunday, January 21, 2018
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

लमजुङका ३ स्थानीय तहमा सिभिलको शाखा


 
२८ मंङसिर, लमजुङ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’ वर्गको सभिल बैकको नयाँ शाखा यहाँका ३ स्थानीय तहमा विस्तार भएका छन् । जिल्लाको राइनास नपा सहित मस्र्याङदी गाउँपालिका र क्होलोसोथर गाउँपालिकामा सिभिलको शाखा विस्तार भएको हो । शाखा बिस्तार सँगै सबै शाखाले बैंकिङ कारोवार सुरु गरेका छन् । 
बैंकले सम्पूर्ण बैंकिङ्ग कारोवार सहित उच्च व्याजदरमा निक्षेप संकलन र न्यून व्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकले कृषिलाई प्राथामिकतामा राख्दै व्यापारिक, पशुपालन, शैक्षिक लगायतका क्षेत्रमा लगानी गर्ने राइनास नपा शाखा प्रवन्धक गणेश पौडेलले बताए । 
स्थानीय तहमा बैँक सञ्चालनमा आएसँगै नागरिकहरुलाई समेत बैंकिङ्ग कारोबारमा सहज भएको बताउँछन् । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बैँकका कार्यकारी प्रमुख गोविन्द गुरुङले जनाएको छ ।  यहाँ सञ्चालित ३ शाखा सहित बैंकले हाल नेपालभर ५६ शाखा कार्यलय र ३३ वटा एटिम काउन्टरबाट सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल