• Today :
    Friday, November 24, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

उत्कृष्ट होमस्टे काउलेपानीका घर वातावरणमैत्री प्रमाणिकरण


८ जेठ, लमजुङ ।
नेपालकै उत्कृष्ट होमस्टे लमजुङ काउलेपानी गाउँका सम्पूर्ण घरहरुलाई वातावरणमैत्री घर प्रमाणिकरण गरिएको छ । बेसीशहर नगरपालिकाको नवनिर्वाचित मेयर तथा उपमेयरले सोमबार पदभार ग्रहण गरेलगत्तै काउलेपानी पुगेर वातावरणमैत्री घर प्रमाणिकरण गरेका हुन् । वातावरणमैत्री स्थानीय शासन कार्यक्रम अन्र्तगत काउलेपानी गाउँलाई गत साउनमा वातावरण मैत्री गाउँ घोषणा गरिएको थियो ।
काउलेपानीका होमस्टेहरुमा वातावरणमैत्री घरको स्टीकर टाँसेर प्रमाणिकरण गरिएको छ । सो गाउँका २५ घरलाई वातावरणमैत्री प्रमाणिकरण गरिएको कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले बताए । 
वातावरणमैत्री घरका लागि आवश्यक सुचकहरु पुरा गरेपछि काउलेपानी होमस्टेलाई वातावरणमैत्री गाउँ घोषणा गरिएको थियो । बेसीशहर नगरपालिकाका वातावरण विज्ञ कमलसिंह थापाले आवश्यक मापदण्डहरु ९५ प्रतिशतभन्दा बढी पुरा गरेकाले वातावरणमैत्री टोल घोषणा गरिएको बताए । उनले भने, ‘यहाँका घरका कम्पाउण्डभित्र प्यानसहितको चर्पी प्रयोग, घर भान्साको फोहोर सढ्ने र नसढ्ने छुट्टाएर विभाजन गरिएको छ, घर गाउँ सरसफाई गर्ने कार्य र खाना खानुअघि सावुनपानीले हात धुने कार्य लगायतका सूचकहरु पूरा छन् ।’
कार्यक्रम अधिकृत सन्तोष दनाईका अनुसार गाउँलेले सबै प्रकारका प्लाष्टिकका झोला प्रयोग नगरी आवश्यक पर्दा जुट कपडा वा कागजका झोला प्रयोग गर्ने गरिएको, खाना पकाउन गोबरग्यास वा नवीकरणीय ऊर्जाको प्रयोग गरिएको, बिजुली नपुगेका घरमा बत्ती बाल्न सौर्य ऊर्जाको प्रयोग गरिएको, खेतबारीमा रासायनिक मलमात्र प्रयोग नगरी गोबरमल वा कम्पोस्ट पनि साथसाथै प्रयोग गर्ने गरिएको, गोबरबाट गुइँठा बनाउने काम पूर्णतः बन्द गरिएको लगायतका सूचकहरु पूरा गरेका छन ।
बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले वातावरणमैत्री गाउँ घोषणा भएपछि यहाँ आउने पर्यटकहरुको संख्या थप बढ्ने बताए । उनले घोषणालाई थप व्यवहारमा उतार्न आग्रह समेत गरे । उनले काउलेपानी नेपालकै पहिलो वातावरणमैत्री होमस्टे भएकाले यहाँ थप विकास र स्तरबृद्धि गर्न नगरपालिकाले सहयोग बढाउने समेत उदघोष गरे ।
ग्रामिण पर्यटकीय गाउँ गाउँशहर काउलेपानीमा ५ वर्षको अवधिमा ४० हजार भन्दा वढी पर्यटकले भ्रमण गरेको काउलेपानी होमस्टे पर्यटन विकास समितिले जनाएको छ ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल