• Today :
    Monday, May 21, 2018
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

सहकारीद्धारा घलेगाउँका विद्यार्थीलाई खुत्रुके


 
१४ पुष, लमजुङ । सार्क नमुना गाउँ घलेगाउँका विद्यार्थीहरुलाई खुत्रुके बितरण गरिएको छ । स्थानीय तिजे उत्तरकन्या कृषि सहकारी संस्थाले स्थानीय विद्यालयको विद्यार्थीहरुलाई खुत्रुके वितरण गरेको हो । सानै उमेरदेखि बालवालिकामा बचत गर्ने बानीको विकास गर्न घले उत्तरकन्या प्राविका विद्यार्थीलाई खुत्रुके वितरण गरिएको सहकारीका सचिव उमर विकले बताए । 
  विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा ५ सम्मका ६३ जना विद्यार्थीलाई बिहिबार एक कार्यक्रम गरी खुत्रुके वितरण गरेको हो । विद्यार्थीहरुलाई २० हजार बराबरको खुत्रुके बितरण गरिएको सहकारीका अध्यक्ष आशविर गुरुङले जानकारी दिए । 
सानै उमेरदेखि बचतगर्ने बानीको विकासले भविष्यमा आइपर्ने आपत्कालिन अवस्थामा सहयोग पुग्ने क्होलासोँथर गाउँपालिकाका अध्यक्ष प्रेम घलेले बताए । क्होलासोँथर गापा–३ घलेगाउँमा २०६९ सालमा स्थापीत यस सहकारीले घलेगाउँको पर्यटकीय चियाबगानमा सहयोग, गाउँका विपन्न, असक्त र विपदमा परेका व्यक्तिहरुलाई राहत समेत वितरण गर्दै आएको छ । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल