• Today :
    Sunday, January 21, 2018
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

६ जना उम्मेदवारले मात्र बुझाए ‘चुनावी खर्च विवरण’


२२ पुष, बेसीशहर । लमजुङमा जम्मा ६ जना उम्मेदवारले मात्रै चुनावको खर्च विवरण बुझाएका छन् ।  मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा भएको खर्चको विवरण उम्मेदवारहरुले निर्वाचन कार्यालयमा बुझाएका हुन् । 
चुनावमा लमजुङबाट प्रतिनिधिसभातर्फ ११ जना, प्रदेशसभा ‘क’ मा ६ जना र प्रदेशसभा ‘ख’ मा ८ जना गरी जम्मा २५ जनाको उम्मेदवारी परेको थियो । २५ जनामध्ये हालसम्म ६ जनाले मात्रै चुनावको खर्च विवरण बुझाएको जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद तिमिल्सनाले बताए । उनका अनुसार अझै १९ जना उम्मेदवारले चुनाव खर्च विवरण बुझाउन बाँकी छ । 
चुनावी खर्च बिवरण बुझाउने उम्मेदवारहरुमा कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार दिलबहादुर घर्ती र वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका देवप्रसाद गुरुङ रहेका छन् । घर्तीले ९ लाख ५१ हजार २ सय ५० रुपैयाँ बराबरको चुनाव खर्च विवरण बुझाए भने,  गुरुङले ६ लाख २४ हजार ५ सय रुपैयाँ बराबरको चुनावी खर्च विवरण बुझाए ।
प्रदेशसभा ‘क’ तर्फ नेपाली कांग्रेसबाट उम्मेदवार बनेका गर्जबहादुर गुरुङले १० लाख २६ हजार रुपैयाँ र प्रदेशसभा ‘ख’ मा कांग्रेसबाटै उम्मेदवार बनेका कृष्णप्रसाद कोईरालाले १४ लाख ८१ हजार ५ सय रुपैयाँ बराबरको चुनाव खर्च विवरण पेश गरे । 
प्रदेशसभा सदस्यमा उम्मेदवार दिएका नयाँ शक्तिका राजु थापाले पनि २ लाख १५ हजार २ सय ८० रुपैयाँ बराबरको चुनाव खर्च विवरण बुझाए । प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका नन्दजंग गुरुङले ७ हजार रुपैयाँ बराबरको चुनाव खर्च विवरण पेश गरेका छन् । 
निर्वाचन आयोगले निर्धारण गरेको खर्चको सीमा भित्र रहेर लमजुङका उम्मेदवारले खर्च गरेको देखिएको निर्वाचन अधिकारी तिमिल्सेना बताउँछन् । आयोगले प्रतिनिधिसभाका उम्मेदवारलाई अधिकतम २५ लाख र प्रदेशसभाका उम्मेदवारलाई अधिकतम १५ लाख खर्च गर्न पाउने सीमा तोकेको थियो । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल