• Today :
    Sunday, January 21, 2018
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

लमजुङका २ स्थानमा जमिनबाट तातो बाफ निस्कन थालेपछि स्थानीय त्रसित


 
२६ पुष, बेसीशहर । लमजुङका २ स्थानमा अनावरत रुपमा जमिनबाट तातो बाफ निस्कन थालेपछि स्थानीयबासी बसित बनेका छन् । यहाँको सुन्दरबजार नपा –९ सिउँडीबारको बस्तीनजिकै जमिनबाट र दुधपोखरी गापा ६ कालिमाटी छापडाँडाको बाटोमा जमिनबाट तातो बाफ निस्कन थालेपछि स्थानीय त्रसित बनेका हुन् । सिउँडीबारस्थित विश्वबन्धु अधिकारीको घर पछाडिको भिरालो जमिनबाट धुवाँ निस्किएको हो । गत मंगलबारदेखि बिहान र बेलुकाको समयमा तातो धुवाँको मुस्लो निस्किन थालेपछि वरिपरिका बासिन्दा त्रसित बनेका छन् ।
जमिनबाट निस्किएको धुवाँमा धेरैबेर बसेकाहरुलाई रुघाखोकीजस्ता समस्या देखिन थालेको स्थानीय सुनिता खनालले बताइन् । धुवाँ निस्किएको ठाउँको अनुसन्धान गरिदिन सुन्दरबजार नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । 
घटनाबारे छानबिनका लागि गृह मन्त्रालयसँग समन्वय गरिएको र घटनास्थलको अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी युवाराज मैनालीले जानकारी दिए । 
यो घट्ना लगतै दुधपाखेरी गापा ६ गौडाको कालिमाटीदेखी छापडाँडा जाने बाटो बिचमा पनि अनावरत रुपमा जमिनबाट तातो बाफ निस्कन थालेको हो ।  छापडाँडा बासी सुन्दर बहादुर गुरुङका अनुसार जीवनमा पहिलोपटक यस्तो अवस्था देखिएको बताए । 
स्थानिय लालीगुराँश प्राविका अध्यक्ष मतराज गुरुङका अनुसार अहिले बाफ आउने क्रम बढेको र वरपर रहेका बिरुवाहरुमा समेत असर पर्न थालेको छ । 
सो स्थानबाट डेढ सय मिटर टाढा तारेभित्ता र अर्कोतिर कालीमाटी बस्ती छन् । खेतीपाती र चरान क्षेत्र भएकाले स्थानीय त्रसित रहेको स्थानीय समाजसेवी कालिमाटी निवासी गोपीराम गुरुङ बताउँछन् । स्थानीयले वडा अध्यक्ष सिताराम गुरुङ  र सचिव माधव चापागाईलाई खबर गरेका थिए । वडाको टोलीले बुधबारमात्र अवलोकन गर्ने र सम्बन्धीत निकायलाई खबर गर्ने जानकारी गराएका छन् ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल