• Today :
    Sunday, January 21, 2018
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

पृथ्वीजयन्ती मनाइँदै


काठमाडौं, पुस २७ । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको २९६औं जन्मजयन्ती बिहीबार (आज) विभिन्न कार्यक्रम गरी मनाइँदैछ । १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका शाहले आफ्नो शासनकालमा ५० ओटाभन्दा बढी भुरेटाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए । २० बर्षको उमेरमै राजगद्दी सम्हालेका शाहले जीवनपर्यन्त एकीकरणको अभियान अगाडि बढाइरहे ।
उनको यही योगदानको कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसकारुपमा मनाइने गरिएकामा २०६२र२०६३ सालको आन्दोलनपछि बनेको सरकारले एकता दिवस खारेज गरिदिएको थियो ।
यद्यपि, त्यसपछिका वर्षहरुमा पनि जनस्तरबाट पृथ्वीजयन्ती मनाउनेक्रम जारी नै छ ।
यो वर्ष भने सरकारले पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिएको छ ।

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल