• Today :
    Friday, November 24, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

शाशक नभई सेवकको रुपमा काम गर्छु : उपाध्यक्ष विक


 
लमजुङको मस्र्याङ्दी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित होमबहादुर विश्वकर्माले मस्र्याङ्दी गाउँपालिकालाई नमूना, विकशित र सम्वृद्ध बनाउन आफु निश्वार्थ भावनाले काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सपथ ग्रहण पश्चात पत्रकार सम्मेलन गर्दै विश्वकर्माले विगतको इतिहाँसलाई हेर्दा निर्वाचित प्रतिनिधि शासक र मतदाता रहेका नागरिक शासित हुने गरेका उदहारण रहेकाले त्यो गलत अभ्यासलाई तोड्दै आफु शासक नभई जनताको सेवकको रुपमा प्रस्तुत भएर काम गर्ने बताउनुभयो । 
बहुदलिय प्रतिष्प्रधात्मक ब्यवस्थामा निर्वाचनको बेला एक दलबाट उम्मेदवार बन्नु लोकतान्त्रिक अभ्यास भित्रै परेपनि निर्वाचित भैसकेपछि अब कुनै दलविशेषको मात्र नभई सबैको साझा जनप्रतिधिको रुपमा उभिएर अघि बढ्ने उहाँले प्रण गर्नुभएको छ ।
उहाँले अब आफु र आफ्नो टिमको मुख्य लक्ष्य भनेकै शान्ति, सम्वृद्धि, विकास निर्माण, सामाजिक न्याय, सुशासन, पारदार्शिता, भ्रष्ट्रचारमा सुन्य सहनशिलता रहेको बताउनुभयो । २७ बर्षिया विश्वकर्मा प्रमुख पदमा निर्वाचित मध्ये जिल्लाकै कान्छा जनप्रतिनिधि हुनुहुन्छ ।
जिल्लामा स्थानीय तहको कार्यकारी पदमा पुग्ने विश्वकर्मा दलित समुदायका एकमात्र व्यक्ति हुन् ।  
विश्वकर्माले दलित समूदायबाट प्रतिनिधित्व गराउन सहयोग गरेको भन्दै पार्टी र मतदाताहरुलाई धन्यवादसमेत दिनुभयो । उहाँ नेकपा एमालेसँगको गठबन्धनमा माओवादी केन्द्रबाट उम्मेदवार भई निर्वाचित हुनुभएको हो । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल